Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

दोधारा-चाँदनीमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टरमा सिँचाइ सुविधा

कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि यहाँका किसान हर्षित भएका छन् ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
दोधारा-चाँदनीमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टरमा सिँचाइ सुविधा

कञ्चनपुर, १२ कात्तिकः कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि यहाँका किसान हर्षित भएका छन् ।

जोगबुढा नदीको पानी सौर्य लिफ्ट सिँचाइ मार्फत किसानको खेतमा पुगेपछि खेती गर्न सहज भएको स्थानीय देवीसरा सुनारले बताउनुभयो । “यहाँ सिँचाइको आवश्यकता थियो, यसले यहाँका किसानलाई धेरै लाभ हुन्छ”, उहाँले भन्नुभयो, “अब तरकारी खेती गर्न पनि सहज हुन्छ ।”

विगतमा यहाँका किसानले सिँचाइ समस्या झेल्दै आएको उहाँले बताउनुभयो । महाकाली नदीबाट सिँचाइ सुविधा पुर्याउन सम्भव नभएपछि महाकाली सिँचाइ तेस्रो चरण आयोजनाले यहाँ सौर्य लिफ्ट सिँचाइ मार्फत खेतमा पानी उपलब्ध गराएको हो ।

“यहाँ किसानको सङ्ख्या धेरै छ, सिँचाइ सुविधाले हामीलाई खेतीपाती गर्न सहज भएको छ”, स्थानीय ललितसिंह ठकुरीले भन्नुभयो ।

महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले रु आठ करोड ९ लाखको लागतमा दोधारा-चाँदनीमा लिफ्ट सिँचाइ योजना निमार्ण गरेको हो । उक्त लिफ्ट सिँचाइबाट दोधारा-चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख गणेश मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने गरी सौर्य लिफ्ट सिँचाइका लागि २०७९ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

छपन्न दशमलव ८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६ सय हेक्टरमा खेती हुँदै आएको छ । खेतीका लागि उपयुक्त माटो रहेको यस क्षेत्रमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन् । यहाँ सिँचाइ सुविधा नहुँदा किसान पानी तान्ने मोटर प्रयोग गरेर प्रति घण्टा रु दुई सय तिरेर सिँचाइ गर्दै आएका थिए । महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले महाकाली सिँचाइ मुल नहर निमार्ण बाहेक लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।

महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा-चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने छ । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने भए पनि हालसम्म भारतीय पक्षले नहर निमार्ण गर्ने टुङ्गो लागेको छैन । नेपालले दोधारा-चाँदनीमा नहर निर्माणका लागि डिपीआर तयार गरेको छ ।

दोधारा-चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले महाकाली सन्धि अनुसार शारदा बैराज (नहर)बाट ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने छ । “दोधारा-चाँदनीमा नहर निमार्णका लागि डीपीआर बनेको छ, स्वीकृत भएको छ”, प्रमख मरासीनीले भन्नुभयो, “नहरबाट पानी उपलब्ध हुन नसकेकोे ठाउँमा लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि सिँचाइ उपलब्ध गराएका छौँ ।”

आर्थिक वर्ष २०६३/६४ देखी सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले २०८७ सालसम्म कैलालीको मालाखेतीसम्म मुल नहरसहित एक सय ५१ किलोमिटर नहर निमार्ण गर्ने लक्ष्य छ । यसबाट कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।

  • कञ्चनपुर
  • कैलाली
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    अधिकांश मानिस निद्रामैः स्याङ्तान भने च्याउ टिप्न व्यस्त

  • Post Thumbnail

    ह्विलचियर नहुँदा प्रकाशलाई समस्या

  • Post Thumbnail

    आलेखः अलकत्राको विकल्पमा अब सिमेन्टको कङ्क्रिट

  • Post Thumbnail

    मेची करिडोरको ठेक्का रद्द

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution