Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौँको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य आयोजनामा कात्तिक १३ देखि ३० गतेसम्म चन्द्रागिरि नगरपालिका-६ बालागाउँस्थित मातातीर्थ कुण्डचौरमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना हुन लागेको हो ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १२ कात्तिकः काठमाडौँको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य आयोजनामा कात्तिक १३ देखि ३० गतेसम्म चन्द्रागिरि नगरपालिका-६ बालागाउँस्थित मातातीर्थ कुण्डचौरमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना हुन लागेको हो ।

संस्थाका अध्यक्ष शान्त उदासले महोत्सवमा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति, फेसन तथा नृत्य, विभिन्न वस्तु तथा सेवाका प्रदर्शनी र मनोरञ्जनात्मक गतिविधि समावेश गरिने जानकारी दिनुभयो । उहाँले महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, कृषि औजार, अटोमोबाइल, विद्युतीय सामग्री, मोबाइल तथा इलेक्ट्रोनिक्सका साथै स्थानीय कला, संस्कृति, व्यापार र पर्यटनसम्बन्धी प्रदर्शनी हुने बताउनुभयो ।

त्यस्तै, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक खेल, सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल तथा स्थानीय उत्पादनको प्रदर्शनी महोत्सवका प्रमुख आकर्षण रहने अध्यक्ष उदासले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा प्रवेश निःशुल्क रहनेछ । कात्तिक १९, २०, २१, २७, २८, २९ र ३० गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रमका लागि प्रवेश शुल्क लाग्ने आयोजकले जनाएको छ ।

महोत्सव व्यवस्थापन समितिका संयोजक सन्दीप महतले महोत्सवले स्थानीय व्यापार तथा व्यवसायको प्रवर्द्धन, सांस्कृतिक पहिचानको संरक्षण, पर्यटन विकास र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले महोत्सवले चन्द्रागिरि क्षेत्रको आर्थिक र पर्यटन गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’

    ‘सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’

  • ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

    ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

  • ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

  • Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

    Post Thumbnail

    न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution