Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

‘सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटाले सरकारी सेवा प्रवाहमा देखिने ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य गरी नागरिकलाई सहज, सरल र गुनासोरहित सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
‘सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’

भद्रपुर (झापा), १२ कात्तिकः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटाले सरकारी सेवा प्रवाहमा देखिने ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य गरी नागरिकलाई सहज, सरल र गुनासोरहित सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज आयोजित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग भएको छलफलमा सचिव सापकोटाले सरकारले अङ्गीकार गरेको सदाचार नीति कार्यान्वयन गर्दै सुशासन कायम गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।

सचिव सापकोटाले भन्नुभयो, “सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । काम गर्ने पुरानो मानसिकता परिवर्तन गरी नागरिकलाई समयमै सेवा उपलब्ध गराउन सबै निकाय जिम्मेवार हुनुपर्छ ।” सरकारको गतिअनुसार कर्मचारीतन्त्रले कामको गति बढाउनुपर्ने उहाँको भनाइ थियो ।

सचिव सापकोटाले सरकारी कामकाजलाई परिणाममुखी बनाउँदै जिम्मेवारीअनुसार काम गर्न र सुशासन तथा सेवा प्रवाहमा सुधार ल्याउन कार्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो । उहाँले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण र ‘हेलो सरकार’मा प्राप्त हुने गुनासा तथा उजुरी सम्बोधन गर्न सूक्ष्म रूपमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । नागरिकका गुनासा र समस्यालाई गम्भीरतापूर्वक लिँदै समयमै समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा भइरहेका विकास निर्माणका काम, सार्वजनिक सेवा प्रवाह, भूमिसम्बन्धी समस्या समाधानको प्रगति तथा जिल्लाको समग्र प्रशासनिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

  • झापा
  • भद्रपुर
  • मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

  • ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

    ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

  • ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

  • Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

    Post Thumbnail

    न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

    Post Thumbnail

    पोखरामा कात्तिक १४ गतेदेखि राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप

    Post Thumbnail

    मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution