Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
घोराही

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन् ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतबार (१ दिन अघि)
Post Thumbnail

घोराही (दाङ), ८ कात्तिकः यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन् ।

दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ । उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने किसानहरूको माग छ । किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने हो भने दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

किसानबाट न्यून मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा उत्पादनकर्ता र उपभोक्ता दुवै प्रभावित भएका छन् । घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आउनुभएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्नुहुन्छ । उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गर्नुभएको छ भने बाँकी दूध घरघरमा उपभोक्तालाई बिक्री गर्दै आएको बताउनुहुन्छ ।

खनालका अनुसार डेरीलाई दूध बिक्री गर्दा भैँसीको दूधको प्रतिलिटर रु ७५ भन्दा बढी मूल्य पाउने अवस्था छैन । गाईको दूधको मूल्य भने प्रतिलिटर रु ६५ मूल्य पाउने गर्नुभएको छ । तर, त्यही दूध डेरी व्यवसायीले उपभोक्तालाई प्रतिलिटर रु एक सय सम्ममा बिक्री गर्ने गरेका छन् । गाई र भैँसीको दूध छुट्टाछुट्टै उत्पादन लागत भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,” उहाँले भन्नुभयो ।

दूध उत्पादनमा लाग्ने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारलगायतको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोही अनुसार वृद्धि हुन नसकेको उहाँले बताउनुभयो । उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उहाँको भनाइ छ । किसानको लागत बढे पनि दूधको मूल्यमा अपेक्षित वृद्धि नभएको अवस्थामा डेरी व्यवसायीले भने दूधबाट उत्पादन हुने दही, पनिर र घीउको मूल्य बढाएका छन् । व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेका हुन् । लागत वृद्धि भएको कारण देखाउँदै ती वस्तुको मूल्य बढाएको जनाएका छन् ।

हाल दही प्रतिलिटर रु १४०, पनिर प्रतिकिलो रु ९०० र घीउ प्रतिकिलो रु एक हजार ४५० बनाएका छन् । घोराहीका एक कृषकले प्रतिलिटर रु ७० देखि ७५ सम्ममा दूध बिक्री गर्ने गरेको बताउँछन् । आफैँले मोटरसाइकलमा सम्बन्धित स्थानसम्म दूध पु¥याउने भएकाले प्रतिलिटर रु ७५ सम्म मूल्य पाउने गरेको उहाँको भनाइ छ । तर, दूध बजारसम्म पु¥याउँदा हुने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने गरेको बताए ।

लगानी र श्रम गरे पनि मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ । पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य भने लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ ।

किसानहरूले दुधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पु¥याउँदा लाग्ने खर्चको पनि मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन् ।

  • घोराही
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    चोरीका गरगहनासहित महिला पक्राउ

  • Post Thumbnail

    जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

  • Post Thumbnail

    सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

  • Post Thumbnail

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सांस्कृतिक सङ्ग्रहालय भवनको निर्माण पूरा

    Post Thumbnail

    घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल

    Post Thumbnail

    ‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरवासी सक्रिय

    Post Thumbnail

    बाराहीघाटमा दसैँको मैझारो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution