Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

जयन्ती मावि आवासीयमा रुपान्तरण

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक विद्यालयलाई आवासीय रुपमा सञ्चालन गर्न थालिएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१४ घण्टा अघि)
जयन्ती मावि आवासीयमा रुपान्तरण

म्याग्दी, २७ असोजः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक विद्यालयलाई आवासीय रुपमा सञ्चालन गर्न थालिएको छ ।

भकिम्लीमा रहेको जयन्ती माविलाई समुदायको अगुवाइ, सक्रियता र बेनी नगरपालिकाको सहयोगमा आवासीयमा रुपान्तरण गरिएको हो । जयन्ती माविका प्राधानाध्यापक मनबहादुर पुनले अपायक पर्ने टोल, विपन्न र अनाथ बालबालिकालाई छात्रावास सञ्चालन गरेर आवासीय सुविधा दिन थालिएको बताउनुभयो ।

कमजोर विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नु पनि आवासीय विद्यालय सञ्चालन गर्नुको अर्को उद्देश्य रहेको उहाँले बताउनुभयो । “अभिभावक नभएका, पारिवारिक समस्यामा परेका र विपन्न समुदायका बालबालिकालाई निशूल्क खाने, बस्ने ब्यवस्थासहित छात्रावास सञ्चालन गरेका हौँ,” प्रअ पुनले भन्नुभयो, “नयाँ शैक्षिक सत्रदेखि सुरु भएको छात्रावास र आवासीय सुविधा नगरपालिकाले सिफारिस गरेका अन्य वडाका बालबालिकालाई पनि दिने व्यवस्था मिलाइएको छ ।”

विद्यालय भवनको भुई तलाको दुई वटा कोठालाई छात्र र छात्राहरुको लागि फरक फरक आवासको व्यवस्था मिलाइएको छ । हाल दुई जना छात्रासहित आठ जना छात्रावासमा बस्ने गरेका छन् । विद्यालय वरपरका इच्छुक विद्यार्थीहरुलाई लक्षित गरेर बिहान ६ः०० देखि साँझ ६ः०० बजेसम्म अतिरिक्त कक्षा सञ्चालन तथा दिवा छात्रावास सञ्चाल गरिएको प्रअ पुनले बताउनुभयो ।

दिवा छात्रावासमा ३० जना विद्यार्थी छन् । छात्रावासमा बस्न थालेपछि दैनिक दुई घण्टा पैदल हिँडेर घरबाट विद्यालय जानुपर्ने समस्या हटेको बेनी नगरपालिका–३ हल्लेगौडाकी अस्मी घर्तीमगरले बताउनुभयो । अस्मी जयन्ति माविको कक्षा ८ का छात्रा हुनुहन्छ ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा कूल विद्यार्थी सङ्ख्या एक सय २१ जना छन् । छात्रावासमा बस्ने विपन्न विद्यार्थीका लागि खाने, बस्ने सहित पोशाक, सरसफाइ सामग्री, झोला, कापी कलम पनि निःशुल्क उपलब्ध गराइएको प्रअ पुनले बताउनुभयो ।

दुई जना शिक्षकलाई अतिरिक्त सुविधा दिएर छात्रावास व्यवस्थापनको जिम्मेवारी दिइएको छ । विद्यालय नजिक घर भएका शिक्षकहरुले आलोपालो गरेर छात्रावासका विद्यार्थीलाई पढाउने गर्नुभएको छ । हालसम्म समुदायस्तरमा सहयोग जुटाएर एक जना भान्छेको तलब, खाद्यान्न र तरकारीको व्यवस्थापन गरिएको छ ।

छात्रावास र दिवा खाजाका लागि एक वटा प्लास्टिक घर बनाएर तरकारीखेती पनि गरिएको शिक्षक डेक घर्तीले बताउनुभयो । बेनी नगरपालिकाले जयन्ती माविलाई आवासीय विद्यालयको रुपमा सञ्चालनका लागि निरन्तरता दिने योजना बनाएको छ ।

बेनी –३ का वडाध्यक्ष पदम पुनले जयन्ती माविको छात्रावास सञ्चालन र व्यवस्थापनका लागि नगरपालिकाले यस आर्थिक वर्ष २०८३÷०८४ मा रु सात लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    विद्यालय भवन निर्माण

  • Post Thumbnail

    ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

  • Post Thumbnail

    बाढी प्रभावितका लागि विद्यार्थीबाट पाँच लाख पाँच हजार सहयोग

  • Post Thumbnail

    विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    Post Thumbnail

    ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’

    Post Thumbnail

    कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

    Post Thumbnail

    अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution