Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी हुनुभएको छ । कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनामा खतिवडा र शिवाकोटी विजयी हुनुभएको हो ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २७ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी हुनुभएको छ । कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनामा खतिवडा र शिवाकोटी विजयी हुनुभएको हो । उक्त पदमा नौ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले खतिवडाले दुई हजार ९१० र शिवाकोटीले दुई हजार १७३ मत प्राप्त गरी विजयी हुनुभएको जानकारी दिनुभयो ।

डिल्लीराम सुवेदीले एक हजार ८५२, देवेन्द्रराज कँडेलले एक हजार ३८१, राजीव ढुङ्गानाले एक हजार २३२, विकास कोइरालाले एक हजार १४४, अमृत अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८० र विमलराज क्षेत्रीले २८३ मत प्राप्त गर्नुभयो ।

महिला सहमहामन्त्रीमा गौतम विजयी

महिला सहमहामन्त्री पदमा प्रतिमा गौतम विजयी हुनुभएको छ । महिला सहमहामन्त्री एक पदका लागि भएको निर्वाचनमा गौतमले पाँच हजार ११६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नानु बाँस्तोलाले एक हजार ५५४ मत प्राप्त गर्नुभयो ।

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित

महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक पाँच हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित हुनुभएको हो ।

उर्मिला थपलियाले तीन हजार ९७०, निमा गिरीले तीन हजार ९०६, कुसुमदेवी थापाले तीन हजार २५०, धनाकुमारी खतिवडाले तीन हजार २३१ म्त ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी, विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापामगर, गङ्गा दाहाल र उमा दाहाल विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो ।

  • काठमाडौँ
  • नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

    बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

  • गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

  • गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

  • नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

    नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

    बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

    बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution