Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

विद्यालय भवन निर्माण

तनहुँ जलविद्युत् आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भइरहेको छ ।
रासस ११०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ दिन अघि)
Post Thumbnail

दमौली (तनहुँ), २७ असोज : तनहुँ जलविद्युत् आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भइरहेको छ ।

शौचालय सुविधासहितको दुईतले विद्यालय भवनमा छ वटा कक्षाकोठा रहनेछन् । भवन निर्माणका लागि गत असार २६ गते व्यास–२, दमौली, तनहुँस्थित बेलु निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताको कूल रकम रु एक करोड २० लाख ६८ हजार ७२३ रहेको छ । विसं २०८४ पुस २५ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण अवधि तोकिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

नयाँ विद्यालय भवन नेपाल सरकारका विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिनेछ । भवनले विद्यार्थीहरूका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ । यस पहलले आयोजनाको प्रभाव क्षेत्रभित्र सामाजिक पूर्वाधार सुधार तथा दिगो सामुदायिक विकासमा योगदान पुर्‍याउने आयोजनाको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको भण्डारीको भनाइ छ ।

भवन निर्माण सम्पन्न भएपछि आयोजना प्रभावित समुदायका विद्यार्थीका लागि थप व्यवस्थित तथा गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध हुनेछ । यसबाट अनुकूल सिकाइ वातावरण सिर्जना हुनुका साथै आसपासका समुदायको दीर्घकालीन शैक्षिक तथा सामाजिक–आर्थिक विकासमा योगदान पुग्ने विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताउनुभयो ।

आयोजनाको आर्थिक सहयोगमा यसअघि व्यास नगरपालिका–५, बेनीपाटनस्थित पराशर माध्यमिक विद्यालय तथा भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयका भवन निर्माण गरिएका छन् । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारलगायतका क्षेत्रमा हालसम्म ९८ वटा योजना सम्पन्न भएका छन् भने नौ वटा योजना निर्माणाधीन कार्यान्वयनको क्रममा रहेका छन् ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउन सरकार अग्रसर

  • अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो

    अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो

  • जयन्ती मावि आवासीयमा रुपान्तरण

    जयन्ती मावि आवासीयमा रुपान्तरण

  • Post Thumbnail

    ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

    संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

    संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

    Post Thumbnail

    उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

    उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

    उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution