Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणीको निगरानी

नारायणी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण र पूर्वसूचना प्रवाह हुँदै आएको
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), १७ असोजः नारायणी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण र पूर्वसूचना प्रवाह हुँदै आएको छ । नारायणी बेसिन फिल्ड कार्यालयअन्तर्गतका नदी तथा खोलामा रहेका १८ जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कका आधारमा बाढीको अवस्था अनुगमन तथा पूर्वानुमान गर्ने गरिएको छ ।

कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीका अनुसार चितवन, मकवानपुर, धादिङ, रसुवा र नुवाकोटमा रहेका १८ जलमापन केन्द्रबाट नदी तथा खोलाको जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन हुँदै आएको छ । ती तथ्याङ्कको विश्लेषण गरी बाढी पूर्वानुमान तथा पूर्वसूचनासम्बन्धी सेवा प्रवाह गर्ने गरिएको उहाँले बताउनुभयो ।

नारायणी नदीमा गत आइतबार हालसम्मकै उच्च जलसतह मापन भएको थियो । देवघाटस्थित जलमापन केन्द्रमा ११ दशमलव ९४ मिटर जलसतह मापन गरिएको थियो । जलमापन सुरु गरिएको सन् १९६३ यताकै यो उच्च मापन हो । यसअघि विसं २०८१ असोज १२ गते नारायणीमा ११ दशमलव छ मिटर जलसतह मापन गरिएको थियो ।

अधिकारीका अनुसार यसपटक नारायणीमा आएको उच्च बहावमा कालीगण्डकीलगायत सहायक नदीमा आएको उल्लेखनीय बहावको समेत प्रभाव परेको थियो । नारायणीका सहायक नदी त्रिशूली, कालीगण्डकी, मर्स्याङ्दी र सेती गण्डकीलगायतमा समेत जलमापन हुँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नारायणीमा आएको ठूलो बहावमा विशेषगरी कालीगण्डकीमा आएको उल्लेखनीय बहावको प्रभाव परेको हो । ”

इन्जिनियर अधिकारीका अनुसार जलसतह मापनका लागि मुख्यतः दुई प्रकारका प्रणाली प्रयोगमा छन् । परम्परागत रूपमा नदी तथा खोलामा स्केल गेज (जलमापन क्षेत्रमा नदी, ताल वा तरल पदार्थको सतह कति छ भनेर नाप्नका लागि जडान गरिएको स्केल अङ्कित फलाम/काठको पाटा) राखेर गेज रिडर (नदी, जलाधार, वा जलमापन केन्द्रमा जडान गरिएको मापन रेखा हेरेर पानीको सतह वा बहावको दैनिक/नियमित नाप लिने प्राविधिक) ले प्रत्यक्ष रूपमा जलसतह पढ्ने गरिन्छ भने अर्को स्वचालित जलमापन केन्द्रमा जडान गरिएको सेन्सरमार्फत मापन गरिन्छ ।

इन्जिनियर अधिकारीले भन्नुभयो, “एउटा खोलामा स्केल गेजमार्फत र अर्को सन् २०१२ पछि जलमापन केन्द्रमा जडान गरिएको स्वचालित केन्द्रको सेन्सरमार्फत मापन गरिन्छ ।” स्वचालित केन्द्रमा जडान गरिएको सेन्सरले हरेक १० मिनेटमा जलसतहसम्बन्धी तथ्याङ्क केन्द्रमा पठाउने गरेको उहाँले जानकारी दिनुभयो । एनसेल वा नेपाल टेलिकमको सिममार्फत अनलाइन प्राप्त हुने तथ्याङ्कका आधारमा नदी तथा खोलाको जलसतहको अवस्था नियमित रूपमा अनुगमन गर्न सहज भएको उहाँको भनाइ छ ।

हस्तचालित (म्यानुअल) प्रणालीमा गेज रिडरले प्रत्यक्ष रूपमा जलसतह हेरेर तथ्याङ्क सङ्कलन गर्नुपर्ने भए पनि स्वचालित प्रणालीमा सेन्सरले आफैँ तथ्याङ्क पठाउने भएकाले बाढीको अवस्था तत्काल थाहा पाउन सहज भएको उहाँले बताउनुभयो ।

स्वचालित जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कका आधारमा बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रवाह गर्ने गरिएको छ । प्राप्त तथ्याङ्कका आधारमा एसएमएसलगायत विभिन्न माध्यमबाट सम्बन्धित निकाय तथा सर्वसाधारणलाई बाढीसम्बन्धी सूचना प्रवाह गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • चितवन
  • धादिङ
  • नारायणगढ
  • नुवाकोट
  • मकवानपुर
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

    बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

  • प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

    प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

  • Post Thumbnail

    भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

  • बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

    बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

    प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

    प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

    संविधान र गणतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक : दाहाल

    संविधान र गणतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक : दाहाल

    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution