Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

घाटामा निर्जीवन बीमा कम्पनी — तीनले मात्रै कमाए थोरै नाफा,अन्य कसको कति ?

रासस ३७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख ३०, बुधबार (५ महिना अघि)
घाटामा निर्जीवन बीमा कम्पनी — तीनले मात्रै कमाए थोरै नाफा,अन्य कसको कति ?

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीको नाफामा भारी गिरावट आएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सबैजसो कम्पनीको नाफामा गिरावट देखिएको हो ।

वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ९ महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुको नाफामा ४७.२३ प्रतिशतले गिरावट देखिएको हो । १४ वटा ठूला निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मा १ अर्ब २७ करोड १९ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ नाफा कमाएका थिए ।

गत वर्षको बाढी र पहिरोको असर निर्जीवन बीमा कम्पनीको नाफामा परेको छ । यसका साथै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पनि निर्जीवन बीमा कम्पनीहरुले ठूलो रकम भुक्तानी गर्नु परेकाले त्यसको असर पनि कम्पनीको नाफामा परेको देखिन्छ । समीक्षा अवधिमा तीन वटा कम्पनीले मात्रै नाफा बढेको छ । ११ वटा कम्पनीको नाफामा भारी गिरावट देखिएको छ  । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ओरियन्टल इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाएको छ । कम्पनीले चैत मसान्तसम्म ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो । घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षमा भने नाफालाई धनात्मक बनाउन सफल भएको छ ।

त्यस्तै यो अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि कम्पनीको यो नाफा गत वर्षको तुलनामा २६.९७ प्रतिशतले कम हो । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नाफा वृद्धि गर्ने अर्को कम्पनी हो प्रभु इन्स्योरेन्स । यो कम्पनीले गत आर्थिक वर्षको तुलनामा ५.६३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा यो कम्पनीले २१ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको ९ महिनामा भने यो कम्पनीको नाफा २० करोड रुपैयाँ रहेको थियो ।

चालु आवको ९ महिनाको अवधिमा नेको इन्स्योरेन्सले १६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.६१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा यो कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफा ४७.१३ प्रतिशतले घटेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा २५ करोड १९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै चालु आवको ९ महिनाको अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.७३ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्ममा यो कम्पनीको नाफा ३३ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै नेपाल इन्स्योरेन्सले यो अवधिमा १० करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४०.५९ प्रतिशतले कम हो । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै शिखर इन्स्योरेन्सले चालु आवको ९ महिनामा ७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.२३ प्रतिशतले कम हो । यो कम्पनीले गत आर्थिक वर्षको ९ महिनासम्ममा ३५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै यो अवधिमा सानिमा जीआईसी इन्स्योरेन्सले ५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.०१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा २३ करोड ३५ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.१५ प्रीतशतले कम हो । गत आवमा यो कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै एनएलजी इन्स्योरेन्सले ३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको भन्दा ७१.७८ प्रतिशतले कम हो । यो कम्पनीको नाफा गत आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा १२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा ९९.८३ प्रतिशतले गिरावट आएको छ । यो कम्पनीको नाफा चालु आर्थिक वर्षको ९ महिनामा ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६ करोड ९७ लाख रुपैयाँले नकारात्मक रहेको छ । गत वर्ष कम्पनी ११ करोड ६१ लाख रुपैयाँ नाफामा रहेको थियो । त्यस्तै नेशनल इन्स्योरेन्सले पनि १७ करोड ६४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्षको सोही समयमा कम्पनी ७२ करोड ८१ लाख रुपैयाँले घाटामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    बाढीपीडितलाई ६३ लाख सहयोग

  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

  • Post Thumbnail

    यातायात भाडा समायोजनको माग

  • Post Thumbnail

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

    Post Thumbnail

    विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

    Post Thumbnail

    चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution