Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

यातायात भाडा समायोजनको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने यातायातका सवारीसाधनको भाडादर समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

खोटाङ, २२ असोजः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने यातायातका सवारीसाधनको भाडादर समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज खोटाङका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङमार्फत कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरमा ज्ञापनपत्र पठाएको हो ।

कोशी प्रदेश सरकारको निर्णयअनुसार यही असोज १९ गते प्रमुख जिल्ला अधिकारी गुरुङको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट जिल्लाका पक्की तथा कच्ची ग्रामीण सडकमा सञ्चालन हुने सवारीसाधनको भाडादर प्रतिशतका आधारमा निर्धारण गरी सिफारिस गरेको थियो । सर्वपक्षीय बैठकले गरेको निर्णयमा असहमति जनाउँदै महासङ्घले जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र पठाउँदै यात्रु र यातायात व्यवसायी दुवैको हितलाई ध्यानमा राखेर भाडादर निर्धारण गर्न माग गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सवारी मजदुरको तलबभत्ता, सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको मूल्य, मिस्त्री ज्याला तथा सञ्चालन खर्च बढेको भन्दै भाडादर पुनः समायोजन गर्न माग गरिएको महासङ्घका अध्यक्ष रामकुमार हिङमाङले जानकारी दिनुभयो ।

“जिल्लाका ग्रामीण सडकहरू पूर्ण रूपमा पक्की भइसकेका छैनन् । यात्रुको चाप पनि पर्याप्त छैन”, उहाँले भन्नुभयो, “कतिपय अवस्थामा सवारीसाधन खाली सञ्चालन गर्नुपर्ने बाध्यता छ । छिमेकी जिल्लाको तुलनामा खोटाङमा हाल कायम रहेको भाडादर बढ्दो खर्चको अनुपातमा पर्याप्त नभएकाले लामो तथा छोटो दूरीका सवारीसाधनको भाडादर सोहीअनुसार कायम गरिदिन माग गरेका हौँ ।”

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आफूखुसी भाडा असुल्दै आएका यातायात व्यवसायीलाई नियमन गर्न जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको पहिलोपटक भाडादर निर्धारण गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यात्रुवाहक बस, मिनीबस र हाइसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु १३ तथा जिप/सुमोका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु १५ का दरले भाडादर निर्धारण गरिएको हो ।

सर्वपक्षीय बैठकले निर्धारण गरेको यातायात भाडादरअनुसार दिक्तेलबजारबाट जयरामघाटसम्म बस, मिनीबस र हाइसका लागि रु ३७४ तथा सुमो/जीपका लागि रु ५११ कायम गरिएको छ । त्यस्तै, दिक्तेलबजारबाट त्रिधार्मिकस्थल हलेसीबजारसम्म बस, मिनीबस र हाइसको भाडा रु २१२ तथा सुमो/जीपको भाडा रु २९० निर्धारण गरिएको जनाइएको छ । दिक्तेलबजारस्थित रत्नपार्कको किरातचोकदेखि कारागारसम्म बस, मिनीबस तथा हाइसको भाडा प्रतिव्यक्ति रु १७ र सुमो/जीपको रु २३ तोकिएको छ ।

दिक्तेलबजारबाट मुडे, हुर्लुङ, पानीट्याङ्की, नुनथला प्रहरीचौकी, महुरे, बिजुले, अर्खौले, छापडाँडा, खोक्सेली, बोझेओडार, च्यास्मिटार, कदुवाभञ्ज्याङ, जयरामघाट, हिलेपानी तथा घुर्मीसम्मका विभिन्न सडकखण्डमा पनि दूरीअनुसार भाडा निर्धारण गरिएको हो । हिन्दू, बौद्ध र किराती धर्मावलम्बीको सङ्गमस्थल हलेसीबजारबाट अर्खौलेसम्म बस, मिनीबस तथा हाइसको भाडा रु ६७ र जीपको रु ९२, हलेसीदेखि बिजुलेसम्म क्रमशः रु ८४ र रु. ११५ तथा हलेसीबाट नुनथलासम्म रु १२९ र रु १७५ निर्धारण गरिएको छ ।

दिक्तेलबजारबाट निर्मलीडाँडा, सेखुवा, खानीडाँडा र आहालेसम्मका लागि पनि दूरीअनुसार छुट्टाछुट्टै सडकखण्डको भाडादर निर्धारण गरिएको जनाइएको छ । जिल्लाका विभिन्न स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यातायातका सवारीसाधनका लागि अस्थायी बाटो कायम गर्न प्रदेश सरकारसमक्ष सिफारिस गरिएको महासङ्घका अध्यक्ष हिङमाङले बताउनुभयो ।

उहाँका अनुसरा दिक्तेलबजारबाट बाक्सिलाबजार, मानेभञ्ज्याङ-साकेला, याङ्सोलाटार-दिप्रुङ चुइचुम्मा गाउँपालिकाह तथा हरमटार-रावाबेँसी गाउँपालिका, ऐसेलुखर्कबजार, खोटाङबजार, चिसापानी-जन्तेढुङ्गा गाउँपालिका र बागखोर-बराहपोखरी गाउँपालिका, खार्मी-बालाबेँसी, भाँडबेँसी-रसुवाघाट, टेम्मालगायत सडकखण्डलाई अस्थायी बाटो कायम गर्न प्रदेश यातायात व्यवस्थापन समितिसमक्ष सिफारिस गरिएको हो ।

  • खोटाङ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • हुरीले गोलभेँडा खेतीमा क्षति

    हुरीले गोलभेँडा खेतीमा क्षति

  • Post Thumbnail

    अनुदान पाएपछि मालारानीका कृषक सामूहिक बजारीकरणमा

  • Post Thumbnail

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    Post Thumbnail

    ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

    Post Thumbnail

    मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन

    Post Thumbnail

    त्रिविको वार्षिक बजेट बृद्धि, कुन शीर्षकमा कति ?

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution