
पाटन, १० भदौ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ। आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्नुहुँदै उहाँले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताउनुभयो ।
यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नजेतको भनाइ थियो । आधारभूत स्वास्थ्य सेवा गाउँमा पु¥याउनुपर्ने कुरामा पक्षपातपूर्ण व्यवहार गरिएको थियो । हामीले यो तीन महिनामा उल्लेख्य काम गरेका छौँ ।
शक्तिको भरमा विभिन्न बाहानामा राजधानीमा मात्रै थुप्रिएर बसेका आठ सयभन्दा बढी काजका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाएका छौँं । अझै तीन महिनाभित्र धेरै प्रगति हुन्छ । हामीले राम्रा काम आफैबाट सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य, शिक्षा र खाद्यान्न जनताको नैसर्गिक अधिकार हो भनेर संविधानमा नै व्यवस्था गरिएको तर्फ जोड दिनुहुँदै मन्त्री बस्नेतले हरेक नागरिक रोगबाट पीडित नहुने गरी प्रभावकारी ढङ्गबाट सातै प्रदेशमा अभियानको रुपमा स्वास्थ्य सचेतनाका कार्य राष्ट्रव्यापी रुपमा लैजानुपर्छ भन्ने धारणा राख्नुभयो ।
रोग लागेर उपचार गर्नुभन्दा उपचार गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनका लागि सचेतना जगाउन एप र स्रोत केन्द्र प्रभावकारी हुने मन्त्री बस्नेतले बताउनुभयो । मन्त्रालयका सचिव देवकुमारी गुरागार्इंले स्वस्थ नागरिकका लागि स्वस्थ आमा र स्वस्थ बालकका लागि उपयोगी हुने मोबाइल एफ तथा डिजिटल स्रोतकेन्द्र उपयोगी र महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले समग्र स्वास्थ प्रणालीलाई सुधार ल्याउन नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्न यो प्रयास महत्वपूर्ण हुने धारणा राख्नुभयो । मन्त्रालयका अतिरिक्त सचिव सङ्गीता कौशलले एपले गर्भवती तथा सुत्केरीलाई घरमा भएको खानाको उपयोगबारे जान्न तथा महिलाले सम्पूर्ण जानकारी आफै लिनसक्ने आधार तय भएको बताउनुभयो ।
उहाँले यो एप स्तनपान सुधारमासमेत उपयोगी हुने र सरकारले सञ्चालन गरेको सुनौलो हजार दिन कार्यक्रममा समेत सहयोगी हुने बताउनुभयो। स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले एपको शुभारम्भले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने वताउनुभयो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले आम नागरिकका साथसाथै स्वास्थ्यकर्मी र अनुसन्धानकर्ता समेतलाई लक्षित गरेर डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र तयार गरिएको जानकारी गराउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |