
काठमाडौँ, २१ असोजः नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न २० अनुसन्धान परियोजनाका अवधारणापत्रमाथि छलफल गरेको छ ।
प्रतिष्ठानले आयोजना गरेको दुईदिने कार्यशालामा अनुसन्धान परियोजनाका अवधारणापत्र प्रस्तुत गरी सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिएको हो । कार्यशालामा प्रतिष्ठानका अनुसन्धानकर्ताका साथै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको सहभागिता थियो ।
प्रतिष्ठानका अनुसन्धाताले प्रस्तुत गरेका अवधारणापत्रमाथि सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधि, प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख र विषयगत विज्ञ अनुसन्धाताले सुझाव दिएका थिए । प्राप्त सुझावका आधारमा अनुसन्धानका अवधारणापत्रलाई थप परिमार्जन र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
कार्यशालाको मुख्य उद्देश्य अनुसन्धानलाई नेपाल सरकारका आवश्यकता, सम्बन्धित क्षेत्रका विद्यमान नीति, अभ्यास तथा प्राथमिकतासँग थप सान्दर्भिक बनाउनुका साथै अनुसन्धानबाट प्राप्त निष्कर्षलाई नीतिनिर्माण प्रक्रियामा उपयोगी बनाउन सरोकारवालाको पृष्ठपोषण लिनु रहेको प्रतिष्ठानले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |