Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ असोजः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस),सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे जानकारी लिनुहुँदै उहाँले संस्थाको कार्यसम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति तथा स्रोतसाधन व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले अनावश्यक रूपमा धेरै महाशाखा, शाखा र प्रशासनिक तह थपेर संरचनालाई जटिल बनाउन नहुने बताउनुभयो । कम तर दक्ष जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह गर्न सकिनेगरी सङ्गठन संरचना निर्धारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले सार्वजनिक सञ्चार संस्थाहरूको मुख्य जिम्मेवारी समाचार, सूचना तथा कार्यक्रम उत्पादन र प्रसारण भएकाले सोहीअनुसार जनशक्ति तथा दरबन्दी निर्धारण गर्नुपर्ने बताउनुभयो । व्यावसायिक र उत्कृष्ट समाचार कक्ष सञ्चालनका लागि आवश्यक जनशक्ति तथा हाल कार्यरत जनशक्तिको अवस्थासमेत अध्ययन गरी कामको प्रकृति र कार्यबोझका आधारमा व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सार्वजनिक सञ्चार संस्थाहरूको आगामी कार्यदिशा स्पष्ट गरी व्यावसायिक कार्ययोजनाका आधारमा पद, जनशक्ति, स्रोतसाधन र कार्यालय संरचनाबीच उचित तालमेल कायम गर्नुपर्नेसमेत सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । संस्थाको उद्देश्य, कार्यक्षेत्र र जिम्मेवारीअनुसार उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग हुनेगरी व्यवस्थापन सुधार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका क्रममा संस्थाको वर्तमान संरचना, कार्यसम्पादन, जनशक्ति अवस्था र कार्यालय तथा शाखाहरूको आवश्यकताको समग्र मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ थियो । आवश्यकताभन्दा बढी संरचना वा जनशक्ति राख्नुभन्दा कामको प्रकृति र अपेक्षित परिणामलाई आधार बनाएर सङ्गठन संरचना निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी, एउटै प्रकृतिका कामका लागि दोहोरो संरचना तथा अनावश्यक प्रशासनिक तह सिर्जना नगरी आवश्यकताअनुसार कार्यालय तथा शाखाको पुनःसंरचना गर्नुपर्ने उहाँले बताउनुभयो । संस्थाको जिम्मेवारी र कार्यसम्पादनसँग मेल खानेगरी संरचना निर्माण गर्न सके सार्वजनिक सञ्चार संस्थालाई समयअनुकूल, व्यावसायिक र प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो ।

सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत संस्थागत संरचना, दरबन्दी, जनशक्ति आवश्यकता, कामको विभाजन, कार्यविवरण, अधिकार तथा उत्तरदायित्व र कार्यालय तथा शाखाको आवश्यकताका विषयमा अध्ययन भइरहेको छ । सञ्चार मन्त्रालयबाट भइरहेको सर्वेक्षणबाट प्राप्त निष्कर्षका आधारमा संस्थाहरूको भावी संरचना र जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यावसायिक बनाउने लक्ष्य राखिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • गोरखा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

  • Post Thumbnail

    नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

  • Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

  • Post Thumbnail

    अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution