Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

झापा प्रशासन र यातायात व्यवसायीबीच जेन–जी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी

झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (५९ मिनेट अघि)
Post Thumbnail

भद्रपुर (झापा), २१ असोजः झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको पहलमा आज भएको छलफलमा यातायात व्यवसायीका प्रतिनिधिले प्रशासनद्वारा जारी वर्गीकृत परिचयपत्रका आधारमा जेनजी घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाएका हुन् ।

नेपाल सरकारले गत असार १८ गते स्वीकृत गरेको ‘जेनजी सहिद परिवार तथा घाइतेहरूको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज’मा भएको व्यवस्थाअनुसार छुटको कार्यान्वयनका लागि प्रशासन र यातायात व्यवसायीबीच समझदारी भएको हो ।

उक्त प्याकेजको बुँदा नं ८ मा अति गम्भीरदेखि गम्भीर वर्गीकरणमा परेका घाइतेलाई सार्वजनिक यातायातका साधनमा ५० प्रतिशत छुट तथा सिट आरक्षणको व्यवस्था मिलाउने उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सरकारी प्याकेजमा भएका व्यवस्थालाई स्थानीयस्तरमा प्रभावकारीरूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायबीच समन्वय गरिएको बताउनुभयो । “घाइतेले पाउनुपर्ने सुविधालाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले यातायात व्यवसायीसँग छलफल गरी छुटको व्यवस्था मिलाइएको हो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार एकीकृत प्याकेज कार्यान्वयनमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन प्रशासनले झापाका जेनजी सहिद परिवार तथा घाइतेको डिजिटल प्रोफाइलसमेत तयार गरेको छ ।

झापामा दुई जेनजी सहिद परिवार तथा प्रशासनबाट परिचयपत्र प्राप्त ३७ जना जेनजी घाइते रहेका छन् । यातायात व्यवसायीका प्रतिनिधिले एउटै सार्वजनिक यातायातका साधनमा अधिकतम दुई जना जेन्जी घाइतेलाई उनीहरूको वर्गीकृत परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गरेका छन् । छुट प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको परिचयपत्र देखाउनुपर्नेछ ।

  • झापा
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् अध्ययन समितिको सभापतिमा पौडेलको मात्र उम्मेदवारी

  • Post Thumbnail

    नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

  • स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

    स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

  • कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् अध्ययन समितिको सभापतिमा पौडेलको मात्र उम्मेदवारी

    Post Thumbnail

    नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

    स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

    स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

    Post Thumbnail

    झापा प्रशासन र यातायात व्यवसायीबीच जेन–जी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution