Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (१२ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १० मङ्सिरः विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ।

‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, राष्ट्रिय मूल्यमा आधारित नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन, भाषा र सूचना प्रविधिको प्रयोग तथा त्यसको नैतिक पक्षलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको हो।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९८औँ बैठकले गत वैशाख २२ गते गरेको निर्णयअनुसार काठमाडौँ विश्वविद्यालयको शिक्षा सङ्कायका तत्कालीन डीन प्रा डा बालचन्द्र लुइँटेलको संयोजकत्वमा १९ सदस्यीय कार्यदल गठन गरी परिमार्जन प्रक्रिया अघि बढाइएको हो।

कार्यदलका सदस्यसचिव एवं पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा हालसम्मकै व्यापक सरोकारवालाको सहभागिता सुनिश्चित गरिएको बताउनुभयो। उहाँका अनुसार विभिन्न माध्यमबाट हालसम्म करिब एक लाख ५० हजार सुझाव प्राप्त भएका छन्। वर्तमान आवश्यकता र भावी पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी पाठ्यक्रम प्रारूप परिमार्जन गरिने उहाँले बताउनुभयो।

कार्यदलले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम प्रारूप तयार पार्नेछ। परिमार्जित प्रारूप र सुझाव प्रतिवेदनका आधारमा क्रमशः नयाँ पाठ्यक्रम निर्माण तथा तर्जुमा गरिनेछ।

परिमार्जनका लागि १२ वटा विषयगत समूह गठन गरी कार्यपत्र तयार पारिएको छ। ती समूहले सरोकारवालासँग छलफल, स्थलगत अध्ययन, वेबसाइट, विद्युतीय माध्यम, पेसागत तथा संस्थागत सङ्घसंस्था र विभिन्न फाराममार्फत सुझाव सङ्कलन गरेका छन्।

प्रारूप परिमार्जनका क्रममा सङ्घीय शासन प्रणालीमा प्रदेश तथा स्थानीय तहको भूमिका, सामाजिक तथा राजनीतिक परिवर्तन, डिजिटल रूपान्तरण, युवाका आकाङ्क्षा, समावेशिता, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अध्ययनको श्रेयभार, शिक्षण विधि तथा मूल्याङ्कन प्रणालीलाई प्रमुख विषयका रूपमा समेटिएको छ।

केन्द्रका अनुसार पाठ्यक्रम प्रारूपको पुनरावलोकन, सरकारका नीतिगत प्रतिबद्धता, विश्वव्यापी शैक्षिक प्रवृत्ति, अनुसन्धान तथा प्रमाण, वर्तमान अवस्थाको विश्लेषण र सरोकारवालासँगको व्यापक परामर्शलाई परिमार्जनको आधार बनाइएको छ।

शिक्षाविद्हरूसँगको छलफलमा व्यावहारिक तथा रोजगारीमुखी शिक्षा, पाठ्यभार र विषयवस्तुको दोहोरोपन हटाउने, डिजिटल साक्षरता तथा कृत्रिम बौद्धिकता, मूल्याङ्कन प्रणालीमा सुधार, शिक्षक सहायता प्रणाली, पेसागत मार्गदर्शन, व्यावसायिक शिक्षा तथा नैतिक र मूल्यमा आधारित शिक्षालाई प्राथमिकता दिन सुझाव प्राप्त भएका छन्।

त्यसैगरी, विद्यालय तहदेखि नै खेलकुदलाई शिक्षाको अभिन्न अङ्ग बनाउने, विद्यार्थी परामर्श तथा कल्याण र शिक्षकको तयारी तथा व्यावसायिक विकासलाई पनि पाठ्यक्रम सुधारका महत्वपूर्ण पक्षका रूपमा औँल्याइएको छ।

शैक्षिक क्षेत्रका जानकार वासुदेव काफ्लेले मूल्याङ्कन प्रणालीलाई वास्तविक सिकाइमा आधारित, समावेशी, बहुविधियुक्त र तनावमुक्त बनाउनुपर्ने सुझाव दिनुभयो। शिक्षकप्रति विश्वास गर्ने मूल्याङ्कन प्रणाली विकास गर्नुका साथै शिक्षक तयारी र सहयोग प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • जब विद्यार्थीले नमूना विद्यालय हेरे …

    जब विद्यार्थीले नमूना विद्यालय हेरे …

  • बारीमै फूलको बजार पाएपछि किसान उत्साहित

    बारीमै फूलको बजार पाएपछि किसान उत्साहित

  • Post Thumbnail

    उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

  • Post Thumbnail

    ‘अध्ययन र स्थलगत रिपोर्टिङबिना पत्रकारिता टिक्दैन’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

    Post Thumbnail

    विदेशी मुद्रासहित दुई जना पक्राउ

    Post Thumbnail

    दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री

    विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड

    विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution