
काठमाडौँ, १० मङ्सिरः विश्व दिगो यातायात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिगो यातायातले मानिस तथा वस्तुको आवागमनलाई सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणमैत्री बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
यातायातले मानिसबीचको सम्पर्क विस्तार, व्यापार, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेले पनि यस क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन र वातावरणीय प्रदूषण बढ्ने चुनौती रहेको छ । आर्थिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु दिगो यातायातको प्रमुख आवश्यकता मानिएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार दिगो यातायात दिगो विकासको लक्ष्य हासिल गर्ने महत्त्वपूर्ण माध्यम हो । यसले मानिस तथा वस्तुको आवागमनका लागि आवश्यक सेवा र पूर्वाधार उपलब्ध गराउनुका साथै गरिबी न्यूनीकरण, असमानता घटाउने, महिला सशक्तीकरण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत योगदान पुर्याउँछ ।
दिगो यातायातको अवधारणाले सबैका लागि पहुँच, सडक सुरक्षा, वातावरणीय तथा जलवायुसम्बन्धी असर न्यूनीकरण, विपद् प्रतिरोधी क्षमता अभिवृद्धि र यातायात प्रणालीको कार्यक्षमता सुधारलाई प्राथमिकता दिएको छ ।
राष्ट्रसङ्घका महासचिवको उच्चस्तरीय सल्लाहकार समूहले सन् २०१६ को प्रतिवेदनमा दिगो यातायातलाई वर्तमान र भावी पुस्ताको हित हुने गरी मानिस तथा वस्तुको आवागमनका लागि सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणीय असर कम गर्ने सेवा तथा पूर्वाधारको व्यवस्थाका रूपमा परिभाषित गरेको छ ।
राष्ट्रसङ्घले दिगो यातायातलाई दिगो विकासका अन्य लक्ष्य हासिल गर्न सहयोग पुर्याउने महत्त्वपूर्ण आधारका रूपमा लिएको छ । तस्बिरः संयुक्त राष्ट्रसङ्घ

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |