
गोरखा, ८ मङ्सिरः आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ ।
हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उहाँको भनाइ छ ।
“आकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ”, उहाँले भन्नुभयो, “बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ ।” हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |