Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुस्ताङ

कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरलानाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१६ मिनेट अघि)
कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

मुस्ताङ, ९ मङ्सिरः प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरलानाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ ।

समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा १५ सदस्यीय टोलीले नाकाको भौतिक पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययनका क्रममा बुधबार कोरलानाकाको अवलोकन गरेको हो ।

अवलोकनका क्रममा व्यवसायी तथा चालकले नाकामा वातावरणमैत्री पूर्वाधार, विद्युत्, इन्टरनेट, खानेपानी र शौचालयको व्यवस्था नहुँदा निकासी तथा पैठारीमा समस्या भइरहेको भन्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । न्हेचुङस्थित सीमा सुरक्षा चौकीका प्रमुख प्रकाश धितालका अनुसार व्यवसायीले सभापति गजुरेलसमक्ष आफ्ना समस्या राखेका थिए ।

सभापति गजुरेलले कोरलानाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जिल्ला प्रशासन कार्यालयको समन्वयमा पुगेको टोलीले नाका तथा लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको अवलोकन गरेको जानकारी दिनुभयो । टोली बुधबार नै जोमसोम फर्किएको र बिहीबार काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले समितिसमक्ष नाकामा सुरक्षा चुनौतीभन्दा पनि कमजोर भौतिक संरचनाका कारण मानवीय जोखिम बढी रहेको जानकारी गराउनुभएको थियो । उहाँले चीनतर्फको वैकल्पिक नाकाका रूपमा विकास हुँदै गएको कोरलानाकासम्मको सडक, सुरक्षा, अध्यागमन, क्वारेन्टिन र भन्सारलगायत संरचना व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

टोलीसँगै पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घको स्थल यातायात तथा पारवहन समितिका सदस्य एवं ढुवानी व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले नाकालाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार चीनतर्फ ठूला भौतिक संरचना निर्माण भइसके पनि नेपालतर्फ आवश्यक संरचना नहुँदा निकासी तथा पैठारी व्यापार प्रभावित भइरहेको छ । पूर्वाधार निर्माण भए प्रतिकूल मौसममा समेत व्यवसायी, मालवाहक कन्टेनर तथा विद्युतीय सवारीसाधनका चालकलाई सहज हुने उहाँको भनाइ छ ।

सरकारले भन्सार, अध्यागमन, एकीकृत सुरक्षा चौकी र सुक्खा बन्दरगाह निर्माणका लागि कोरलानाकामा एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको छ । केही वर्षअघि पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अध्ययनसमेत गरिएको भए पनि हालसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन ।

अवलोकनमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टलगायत सहभागी हुनुहुन्थ्यो ।

  • काठमाडौँ
  • प्रतिनिधिसभा
  • मुस्ताङ
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

  • Post Thumbnail

    लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान

  • स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः महासचिव पोखरेल

    स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः महासचिव पोखरेल

  • Post Thumbnail

    ब्यापार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलङ्काबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

    युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

    कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

    कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

    अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

    अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

    सङ्खुवासभाका छ उद्यमी सम्मानित

    सङ्खुवासभाका छ उद्यमी सम्मानित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution