Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सङ्खुवासभा

सङ्खुवासभाका छ उद्यमी सम्मानित

घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका छ जना उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका उद्यमीलाई सम्मान गरिएको हो ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१४ मिनेट अघि)
सङ्खुवासभाका छ उद्यमी सम्मानित

सङ्खुवासभा, ९ मङ्सिरः घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका छ जना उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका उद्यमीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा खाँदबारी नगरपालिका–५ की सुन्दरी गुरुङ, चिचिला गाउँपालिकाका नविन्द्र राई, मादी नगरपालिकाका शिवराज कार्की, चिचिला गाउँपालिकाका ग्याल्जेन शेर्पा, सभापोखरी गाउँपालिकाका तीर्थराज कालाखेती र खाँदबारी नगरपालिका–९ की बिना राई रहेका छन् ।

सुन्दरी गुरुङले झोलुङ्गे बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्ममार्फत कागती, रुद्राक्ष, माछा, कुखुरा, केरा तथा बाख्रापालन व्यवसाय सञ्चालन गर्दै आएकी छन् । नविन्द्र राईले कागथला बहुउद्देश्यीय कृषि फार्ममार्फत बाख्रापालन, माछापालन तथा अन्य कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् ।

त्यस्तै, शिवराज कार्कीले नमस्ते नेपाल अगरबत्ती तथा कृषि र पशुपालन फार्ममार्फत कुखुरापालन, अण्डा तथा माछापालन व्यवसाय गर्दै आएका छन् । ग्याल्जेन शेर्पाले मत्स्यपोखरी जडीबुटी उत्पादन केन्द्रमार्फत बेसार, अम्रिसो तथा विभिन्न जडीबुटी उत्पादन गर्दै आएका छन् ।

तीर्थराज कालाखेतीले सिर्जनशील नमुना बाख्रा व्यवसाय फार्ममार्फत बाख्रा तथा भेडापालन गर्दै आएका छन् भने बिना राईले अल्लो सुती कपडा उद्योगमार्फत अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी छन् ।

सम्मानित प्रत्येक उद्यमीलाई पाँच हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको कार्यालयका उद्योग अधिकृत विजयकुमारले जानकारी दिनुभयो ।

स्थानीय स्रोतसाधनको उपयोग गरी उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई सम्मान गर्दा जिल्लाको उद्यमशीलता र स्थानीय अर्थतन्त्रको विकासमा प्रोत्साहन पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा उद्यमीहरूले स्थानीय उत्पादनको बजार विस्तारमा देखिएका चुनौती तथा सरकारी समन्वयको आवश्यकताबारे आफ्ना अनुभव सुनाएका थिए । कार्यालयका अनुसार जिल्लामा तीन हजार ७०० दुई उद्योग र एक हजार ६५४ वाणिज्य फर्म दर्ता भएका छन् ।

  • सङ्खुवासभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    संरक्षणविहीन बालबालिकाको वर्गीकरण र तथ्याङ्क सङ्कलन हुँदै

  • Post Thumbnail

    कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

  • Post Thumbnail

    रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

  • लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

    लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सङ्खुवासभाका छ उद्यमी सम्मानित

    सङ्खुवासभाका छ उद्यमी सम्मानित

    Post Thumbnail

    संरक्षणविहीन बालबालिकाको वर्गीकरण र तथ्याङ्क सङ्कलन हुँदै

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ बागमती प्रदेश विजयी

    Post Thumbnail

    ‘एनपिएल चौथो संस्करण चितवनमा आयोजना गर्न सकिन्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution