Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वालिङ

अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

स्याङ्जाको वालिङस्थित गाउँ नगर अटो यातायात प्रालिमा दर्ता भएर सञ्चालन भएका एक सय बढी अटो छन् । अटो चालकमा सबै पुरुष छन् भने एकमात्रै महिला चालक हुन् सञ्जु हिताङ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१७ मिनेट अघि)
अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

वालिङ (स्याङ्जा), ९ मङ्सिरः स्याङ्जाको वालिङस्थित गाउँ नगर अटो यातायात प्रालिमा दर्ता भएर सञ्चालन भएका एक सय बढी अटो छन् । अटो चालकमा सबै पुरुष छन् भने एकमात्रै महिला चालक हुन् सञ्जु हिताङ । स्याङ्जाको वालिङ नगरपालिका–२ छप्राक बस्ने सञ्जुले घरमै भएको अटो सिकेर त्यसैबाट आत्मनिर्भर बन्ने बाटोमा हुनुहुन्छ ।

“श्रीमान् र देवर दुवैले अटो चलाउनुहुन्थ्यो”, उहाँहरूले अटो चलाउन छाडेपछि आफूले सिकेर त्यही अटो चलाउन थालेकी हुँ”, उहाँले भन्नुभयो । ज्याला मजदुरी गर्दै आउनुभएकी सञ्जु बिरामी भएपछि त्यो पेसा छाडेर अटो चलाउन थल्नुभएको हो । विगतमा उहाँ पैसा चाहिएमा श्रीमान्सित माग्नुपर्ने अवस्था थियो भने अहिले अटो चलाउन थालेपछि घर खर्चसहित अन्य खर्च आफैँले गर्न सक्ने हुनुभएको छ ।

महिलाले अटो चलाएको देख्दा कतिपय यात्रुहरूले महिलाले पनि अटो चलाउँछन् र ? भनेर प्रश्न गर्ने गरेको सम्झना छ । सुरुमा पुरुषहरूले मात्रै अटो चलाएको देखेका यात्रुले महिला चालक भएको अटोमा यात्रा गर्न नमान्ने, विश्वास नगर्ने गरेकामा अहिले भने सहज भएको उहाँले बताउनुभयो ।

“सुरु सुरुका दिनमा महिलाले चलाएको अटो रहेछ भनेर यात्रु चढ्न मान्नुहुन्थेन, महिला भनेर पत्याउनुहुन्थेन, विश्वास गर्नुहुन्थेन”, उहाँले भन्नुभयो, “कतिपय भने महिला चालक भएको अटोमा चढेर उहाँलाई हौसला दिनुपर्छ भनेर यात्रा गर्नुहुन्थ्यो, आजभोलि त झन् सहज भएको छ ।”

बिहान र साँझ घरधन्दा सकेर दिनभरि अटो लिएर सडकमा दौडिने सञ्जुले सबै खर्च कटाएर दैनिक रु एक हजार २०० देखि एक हजार ५०० सम्म बचाउनुहुन्छ । बिहानदेखि रातिसम्म यसमै खटेर लाग्ने हो भने त राम्रै आम्दानी हुने उहाँले बताउनुभयो ।

“महिलाले यो काम गर्ने, पुरुषले त्यो काम गर्ने भन्ने हुन्छ जस्तो लाग्दैन”, उहाँले भन्नुभयो, “यो गर्न हुन्छ, त्यो गर्न हुन्न भन्ने हुँदैन, आफूले जे सकिन्छ त्यो गरेर आम्दानीसित जोडिनु राम्रो हो भन्ने लाग्छ ।”

सयौँ पुरुषले यहाँ दर्ता गरेर अटो चलाउनुभएको छ भने एक जनामात्रै महिलाले अटो चलाउँदै आउनुभएको गाउँ नगर अटो यातायात प्रालिका उपाध्यक्ष लालबहादुर सार्कीले बताउनुभयो ।

अटो चलाएर राम्रो आम्दानी गर्दै आउनुभएकी सञ्जुलाई हामीले पनि हौसला दिएका छौँ, जसले गर्दा उहाँ अझ उत्साहित भएर अटो हाँकिरहनुभएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष सार्कीले भन्नुभयो, “सञ्जुजस्तै मासिक रु ५०–६० हजार कमाउन विदेश गइरहनुपर्दैन, आफ्नै परिवारसित बसेर यहीँ पनि राम्रो आम्दानी गर्न सकिन्छ ।”

  • वालिङ
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

    सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

  • Post Thumbnail

    राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

  • आलेख– लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

    आलेख– लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

  • तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

    कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

    अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

    अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

    सङ्खुवासभाका छ उद्यमी सम्मानित

    सङ्खुवासभाका छ उद्यमी सम्मानित

    Post Thumbnail

    संरक्षणविहीन बालबालिकाको वर्गीकरण र तथ्याङ्क सङ्कलन हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution