
सुदूरपश्चिम, ७ मङ्सिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानप्रदत्त अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले आवश्यक ऐन तथा कानुन निर्माण गरिएको बताउनुभएको छ ।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले तीन तहका सरकारका ऐन कानुन कार्यान्वयनका सन्दर्भमा आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेशको क्षेत्राधिकारमै रही हालसम्म ६३ वटा ऐन निर्माण भइसकेका तथा केही निर्माणको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकार स्थानीय तह तथा संघीय सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्नु भयो । उहाँले संविधानले व्यवस्था गरेको अधिकार कार्यान्वयनका लागि सबैलाई विश्वासमा लिएर कानुन निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताउनुभयो ।
मुख्यमन्त्री भट्टले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले साझा अधिकारका कतिपय विषय कार्यान्वयन गर्न केन्द्र सरकारको महत्वपूर्ण भूमिका रहेकाले त्यसमा संघीय संसद्ले सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |