
गण्डकी, ३ मङ्सिरः कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट रु एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र विभिन्न सामग्रीमा क्षति पुगेको पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिनुभयो । आगलागीबाट बालआश्रममा पुगेको क्षतिको पूर्ण विवरण सङ्कलन तथा पुनःस्थापनाका लागि आवश्यक पहल भइरहेको जनाइएको छ ।
आगलागीबाट क्षति पुगेको बालआश्रमको बिहीबार महानगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायतले स्थलगत अवलोकन गर्नुभएको छ ।
महानगर प्रमुख आचार्यले बालआश्रमको पुनःनिर्माण तथा आवश्यक व्यवस्थापनका लागि महानगरपालिकाबाट गर्न सकिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |