Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रसुवा

संरक्षणको पर्खाइमा रसुवाको ऐतिहासिक ‘लहरेपौवा’

नेपाल एकीकरण अभियानसँग जोडिएको रसुवाको उत्तरगया गाउँपालिका–५ माझगाउँस्थित ऐतिहासिक पौवाघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । विसं २०७२ को गोरखा भूकम्पपछि थप जोखिममा परेको यस सम्पदाको समयमै मर्मत तथा सम्भार हुन नसक्दा ऐतिहासिक अस्तित्व नै मेटिने चिन्ता बढेको हो ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

रसुवा, ३ मङ्सिरः नेपाल एकीकरण अभियानसँग जोडिएको रसुवाको उत्तरगया गाउँपालिका–५ माझगाउँस्थित ऐतिहासिक पौवाघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । विसं २०७२ को गोरखा भूकम्पपछि थप जोखिममा परेको यस सम्पदाको समयमै मर्मत तथा सम्भार हुन नसक्दा ऐतिहासिक अस्तित्व नै मेटिने चिन्ता बढेको हो ।

गोसाइँकुण्ड तीर्थयात्राको पुरानो पदमार्गमा पर्ने यो पौवाघर लामो समयदेखि बेवारिसे जस्तै बनेको स्थानीयवासीको गुनासो छ । ऐतिहासिक महत्व बोकेको संरचना भत्किने अवस्थामा पुग्दा पनि सरोकारवाला निकायको पर्याप्त ध्यान नपुगेको स्थानीय अगुवा बताउँछन् ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले ऐतिहासिक आस्था र पहिचान बोकेको यस धरोहरलाई जीवन्त राख्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । वडा नं ५ का वडाध्यक्ष यमनाथ आचार्यले सीमित स्रोत र साधनका बीच सम्पदा संरक्षणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

ऐतिहासिक दस्तावेज तथा स्थानीय किंवदन्तीअनुसार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा युद्धमा विजय प्राप्तिको कामनासहित धैबुङमा बस्ने सिद्ध योगी अगस्तिबाट खड्गसिद्धि प्राप्त गर्नुभएको थियो । सोही उपलब्धिका लागि कृतज्ञतास्वरूप शाहले अगस्तिलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीका रूपमा बिर्ता दिनुभएको इतिहास छ ।

सिद्ध योगी अगस्तिले आफ्नी धर्मचेली गौरादेवीलाई उक्त भूमि कुश बिर्ता प्रदान गर्नुभएको थियो । गौरादेवीले बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजापाठ गर्ने र बेत्रावतीको माथिल्लो भाग माझगाउँमा पौवाघर बनाई गोसाइँकुण्ड आउजाउ गर्ने तीर्थयात्रीलाई सातु–सामल तथा बासको व्यवस्था मिलाउने सर्तमा उक्त गुठी प्राप्त गर्नुभएको थियो ।

सोही समयमा डाँडाको लहरैमा तीनवटा पौवाघर निर्माण गरी तीर्थालुलाई सेवा दिइएकाले यस बस्तीको नाम ‘लहरै पौवा’ रहन गएको र पछि अपभ्रंश हुँदै ‘लहरेपौवा’ भन्न थालिएको स्थानीय बताउँछन् ।

धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र तीर्थाटन परम्पराको जीवन्त इतिहास बोकेको यस सम्पदाको मौलिक स्वरूप नबिग्रने गरी पुनर्निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा पनि टेवा पुग्ने देखिन्छ । भावी पुस्तालाई गौरवशाली इतिहास हस्तान्तरण गर्न राज्य, स्थानीय तह र समुदायको सहकार्यमा यसको तत्काल संरक्षण गर्न आवश्यक रहेको सरोकारवालाको जोड छ ।

  • गोरखा
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    परम्परागत खेतीभन्दा उखु खेतीमा दोब्बर आम्दानी

  • Post Thumbnail

    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताकोे प्रतीक्षा

  • Post Thumbnail

    कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह

  • बर्दियाका ग्रामीण क्षेत्रमा सडक तथा पुल निर्माणको तयारी

    बर्दियाका ग्रामीण क्षेत्रमा सडक तथा पुल निर्माणको तयारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

    Post Thumbnail

    संरक्षणको पर्खाइमा रसुवाको ऐतिहासिक ‘लहरेपौवा’

    Post Thumbnail

    चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution