
म्याग्दी, ३ कात्तिकः बेनी नगरपालिका–६ जामुनाखर्कस्थित आधारभूत विद्यालयको दुई कोठे भवन प्रवासी नेपालीको सहयोगमा निर्माण भएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बहराइन र नेपाली क्लब अफ बहराइनको सहयोगमा उक्त भवन निर्माण भएको हो । बहराइनबाट रु पाँच लाख र स्थानीयबाट रु दुई लाख चन्दा सङ्कलन गरी भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १६ जना बालबालिका अध्ययनरत छन् ।
बेनी नगरपालिका–६ का वडासदस्य राधिका विश्वकर्माको नेतृत्वमा सहयोगी संस्थाका प्रतिनिधिलाई स्वागत र सम्मान गरिएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |