Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

करातेका खेलाडी छनोट, स्वर्ण पदक जित्नेलाई एक लाख पुरस्कार

कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट करातेमा २१ जना महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (५ घण्टा अघि)
Post Thumbnail

महेन्द्रनगर, १ मङ्सिरः कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट करातेमा २१ जना महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।

सोमबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा करातेबाट २१ खेलाडी छनोट भएको जानकारी दिँदै कराते कञ्चनपुरका प्रशिक्षक वीरेन्द्रबहादुर चन्दले एकल काता, समूह काता र पुरुष तथा महिला (कुमुतेतर्फ) खेलाडी सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने बताउनुभयो ।

सुदूरपश्चिमबाट कराते एकल कातातर्फ कञ्चनपुरका नागेश थलाल, महिला एकल कातातर्फ कञ्चनपुरकै पार्वती पार्की छनोट भएका छन् ।

समूह कातातर्फ पुरुषमा कैलालीका प्रवेश मल्ल, मिलन कार्की र हेमबहादुर बोगटी तथा महिला समूह कातामा कञ्चनपुरका सुदिका अधिकारी, ज्यासमिनु मार्कण र निशा चौधरी छनोट भएको कराते प्रशिक्षक चन्दले जानकारी दिनुभयो ।

त्यसैगरी, कुमुतेतर्फ महिलामा ४५ किलो तौल समूहमा कैलालीका पूजा सुनार, ५० किलो तौल समूहमा कञ्चनपुरका आयुसा ताम्राकार, ५५ किलोतौलमा कैलालीका करुणा जाग्री, ६१ किलोतौल समूहका कैलालीका गरिमा मल्ल, ६८ किलोमा कैलालीकै मनिषा बोहरा सुदूरपश्चिम प्रदेशबाट छनोट भएका छन् ।

त्यसैगरी, पुरुषतर्फ ५० किलोतौल समुहमा कैलालीका छत्र थापा, ५५ किलो तौल समूहमा दार्चुलाका सुरेन्द्र लोहार, ६० किलोतौलमा कैलालीका लक्ष्मण विसी, ६७ किलोमा कैलालीकै अर्जुन थापा, ७५ किलो तौल समूहमा कैलालीका सन्देश पार्की, ८४ किलो तौल समूहमा कैलालीकै कमल ओली र ८४ किलो तौल समूह माथिको समूहमा कैलालीकै लोकेश पार्की छनोट भएका छन् ।

स्वर्ण ल्याए लाख दिने घोषणा

त्यसैगरी, महेन्द्रनगरमा आयोजित कराते प्रदेश छनोट समापन समारोहमा सुदूरपश्चिम प्रदेश कराते महासङ्घका अध्यक्ष त्रिलोक्यनाथ पाण्डेले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कराते खेलमा सुदूरपश्चिमबाट छनोट भएका खेलाडीले स्वर्ण जिते रु एक लाख नगदसहित पुरस्कृत गर्ने घोषणा गर्नुभएको छ ।

कराते प्रशिक्षक चन्दका अनुसार प्रदेश अध्यक्ष पाण्डेले यहाँबाट छनोट भएका खेलाडीले स्वर्ण जिते प्रतिखेलाडी रु एक लाख दिने घोषणा गर्नुभएको हो ।

“यो खेलाडीलाई निकै हौसलाको विषय हो”, प्रशिक्षक चन्दले भन्नुभयो–“ प्रदेश अध्यक्षको घोषणा स्वागतयोग्य छ । खेलाडीलाई पदक जित्न थप प्ररेणा हुनेछ ।”

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा यहाँको कञ्चनपुर, कैलाली र डडेल्धुरामा प्रदेशस्तरका छनोट प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आठ खेलमा भएको छनोट अन्तिम चरणमा पुगेको छ । सोमबार यहाँ कराते, तेक्वान्दो, महिला तथा पुरुष कबड्डी, ह्याण्डबललगायत खेलको छनोट सकिएको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय छनोट यही कात्तिक २८ देखि मङ्सिर १ गते जारी रहने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

  • कञ्चनपुर
  • कैलाली
  • दार्चुला
  • महेन्द्रनगर
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन

  • खेलकुद र खेलाडीको वृत्तिविकासमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट

    खेलकुद र खेलाडीको वृत्तिविकासमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट

  • Post Thumbnail

    एनपिएलः बलिङमा नेपाली खेलाडीको दबदबा, ब्याटिङमा विदेशी अगाडि

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदको भलिबल छनोटमा बागलुङ र पर्वत च्याम्पियन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution