
सुदूरपश्चिम, ३० कात्तिकः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्तिविकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोट खेलअन्तर्गत डडेल्धुरामा सञ्चालन भएको भलिबल प्रतियोगिताको समापन समारोहमा उहाँले सुदूरपश्चिमलाई खेलकुदको ‘हब’का रूपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि सबैसँग सहकार्य गरिने बताउनुभयो ।
मुख्यमन्त्री भट्टले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र प्रदेशको पहिचान स्थापित गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले खेल पर्यटनको माध्यमबाट सुदूरपश्चिमलाई समृद्ध बनाउन योजनाबद्ध पहल र पूर्वाधार निर्माणको आवश्यकता औँल्याउनुभयो ।
मुख्यमन्त्री भट्टले विश्वका धेरै देश खेलकुद र खेलाडीका माध्यमबाट अन्तरराष्ट्रिय रूपमा परिचित भएको उदाहरण दिँदै सुदूरपश्चिमको पहिचान स्थापित गर्न यहाँका खेलाडीले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । उहाँले स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्नुपर्ने जोड दिनुभयो ।
“खेलाडीको क्षमता अभिवृद्धि, वृत्तिविकास, खेल पूर्वाधार निर्माण तथा खेलकुद क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्यमा कुनै कसर बाँकी राख्ने छैन । मिलेर खेल क्षेत्रको समग्र विकास गर्न हामी प्रतिबद्ध छौँ”, मुख्यमन्त्री भट्टले भन्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |