Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

सामूहिक फूलखेतीले दिलाएको सफलता…

तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन् । स्थानीयस्तरमै उत्पादन भएको सयपत्री फूलले बजार पाएपछि व्यावसायिक फूलखेतीमा आबद्ध किसान उत्साहित भएका छन् ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), १ मङ्सिरः तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन् । स्थानीयस्तरमै उत्पादन भएको सयपत्री फूलले बजार पाएपछि व्यावसायिक फूलखेतीमा आबद्ध किसान उत्साहित भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटारका महिलाले यस वर्ष तिहारमा रु १० लाखको सयपत्री फूल बिक्री गरेका छन् । त्यसैगरी आँबुखैरेनी गाउँपालिका–२ र ३ का किसानले रु एक लाखको फूल बिक्री गरेका छन् ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार गत कात्तिक १३ र १४ गते परेको वर्षाका कारण फूलखेतीमा करिब २५ प्रतिशत क्षति पुगेको थियो । वर्षाले केही फूलमा क्षति पु¥याए पनि किसानले सोचेअनुसारकै आम्दानी गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

यान्चोकटारका महिलाले गत वर्षको तिहारमा रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए । यस वर्ष बिक्री रु एक लाखले बढेको छ । स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसानमा फूलखेती विस्तार गर्ने उत्साह थपिएको छ ।

महिला समूहकी अध्यक्ष सुन्तली गुरुङले तिहारमा आफूहरूले उत्पादन गरेको फूलले राम्रो बजार पाएपछि उत्साहित भएको बताउनुभयो । तीन वर्षअघि सुरु गरेको व्यावसायिक फूलखेतीले अहिले राम्रो आम्दानी दिन थालेको उहाँको भनाइ छ ।

स्थानीय महिलाले सुरु गरेको सामूहिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । समूहमा ४५ जना महिला आबद्ध छन् । सामूहिक रूपमा गरिएको फूलखेती उनीहरूका लागि आम्दानीको स्रोत मात्रै नभई आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने माध्यम बनेको अध्यक्ष गुरुङले बताउनुभयो ।

पहिले सामान्य खेतीपातीमा सीमित रहेका महिलाले समूह बनाएर फूलखेती सुरु गरेका थिए । सुरुमा सानो क्षेत्रफलबाट थालिएको खेतीले बजार पाउन थालेपछि उनीहरूले क्रमशः क्षेत्रफल विस्तार गर्दै लगेका हुन् ।

तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनले बजार पाउँदा किसानलाई बिक्रीको समस्या कम भएको छ । आफ्नै गाउँमा उत्पादन भएको फूल स्थानीय बजारमा खपत हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम भएको छ ।

वर्षाका कारण फूलखेतीमा क्षति भए पनि किसानले अपेक्षाअनुसार आम्दानी गर्नुलाई गाउँपालिकाले व्यावसायिक फूलखेतीको सकारात्मक उपलब्धिका रूपमा लिएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय महिलाको मेहनत, सामूहिक लगानी र बजारको मागले सयपत्री फूलखेतीलाई व्यावसायिक रूप दिन सहयोग पुगेको छ । यसले ग्रामीण क्षेत्रमा उपलब्ध जमिनको सदुपयोग गर्दै सामूहिक खेतीमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिने सम्भावनासमेत देखाएको छ ।”

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

  • Post Thumbnail

    बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह

  • Post Thumbnail

    प्रश्नको कठघरामा जनप्रतिनिधि: निकुञ्जदेखि विद्यालयसम्मका गुनासा

  • Post Thumbnail

    बाढी प्रभावित बस्तीको पुनःस्थापनाका लागि कानुन संशोधन गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution