Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएलः बलिङमा नेपाली खेलाडीको दबदबा, ब्याटिङमा विदेशी अगाडि

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणमा नेपाली खेलाडीले बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (१५ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ३० कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणमा नेपाली खेलाडीले बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपाली बलरको उपस्थिति बलियो देखिँदा ब्याटिङतर्फ विदेशी खेलाडीले अग्रता बनाएका छन् । लिग चरणको प्रदर्शनलाई हेर्दा नेपाली बलरले विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गरेका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका चार खेलाडीमध्ये तीन नेपाली छन् । ब्याटिङतर्फ भने सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विदेशी ब्याटर पहिलो स्थानमा रहँदा नेपाली खेलाडी दोस्रो र तेस्रो स्थानमा छन् ।

बलिङमा नेपाली खेलाडी अगाडि

एनपिएलको लिग चरणमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजका कमलसिंह ऐरी र रिजन ढकाल, जनकपुर बोल्ट्सका राहुल यादव र काठमाण्डु गोर्खाजका जहानदाद खान संयुक्त रूपमा शीर्ष स्थानमा छन् । उनीहरूले समान १२ विकेट लिएका छन् ।

चितवनमा आबद्ध कमल ऐरीले छ खेलको पाँच इनिङमा पाँच दशमलव ७२ को इकोनोमी रेटमा १२ विकेट लिएका छन् । यस सिजनमा उनको उत्कृष्ट बलिङ २६ रन दिएर चार विकेट लिनु हो । यस्तै, चितवनमै आबद्ध रिजन ढकालले छ खेलमा १२ विकेट लिएका हुन् । यस संस्करणमा उनको उत्कृष्ट बलिङ प्रदर्शन २४ रन दिएर चार विकेट लिनु हो ।

जनकपुरका राहुल यादवले सात खेलमा १२ विकेट लिएका हुन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन ३१ रन दिएर चार विकेट लिनु रह्यो । यस्तै, काठमाण्डुमा आबद्ध पाकिस्तानका तीव्र गतिका बलर जहानदाद खानले सात खेलमा १२ विकेट हात पारे । उनले उत्कृष्ट प्रदर्शन गर्दै २३ रन दिएर चार विकेट लिएका थिए ।

ब्याटिङमा विदेशी खेलाडीको अग्रता

बलिङमा नेपाली खेलाडीको प्रभाव देखिए पनि ब्याटिङतर्फ भने विदेशी खेलाडीले अग्रता बनाएका छन् । लिग चरण सकिँदा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पोखरा एभेन्जर्समा आबद्ध क्यानडाका ब्याटर युवराज सामरा शीर्ष स्थानमा छन् । उनले चार खेलमा २९४ रन बनाएका छन् ।

सामराले चार इनिङमा ब्याटिङ गर्दै ७३ दशमलव ५० को औसत र १७९ दशमलव २६ को स्ट्राइक रेट कायम गरेका छन् । उनको व्यक्तिगत उच्च स्कोर १०२ रन हो । युवराजले प्रतियोगितामा एक शतक र दुई अर्धशतकीय पारी खेलेका छन् ।

नेपाली ब्याटरमा यस एनपिएलमा विराटनगर किङ्समा आबद्ध लोकेश बम सर्वाधिक सफल देखिएका छन् । उनी समग्र सूचीमा दोस्रो स्थानमा छन् । लोकेशले सात खेलमा २४२ रन बनाएका छन् । उनको उच्च स्कोर ८७ रन हो ।

लोकेशले यसपालि दुई अर्धशतकीय पारी खेलेका छन् । ३४ दशमलव ५७ को औसतमा रन बनाएका उनको स्ट्राइक रेट १४२ दशमलव ३५ रहेको छ ।

यस्तै, पोखरा एभेन्जर्सका कुशल भुर्तेल २३५ रनसहित तेस्रो स्थानमा छन् । उनले सात खेलमा ३३ दशमलव ५७ को औसत र १४८ दशमलव ७३ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनको व्यक्तिगत उच्च स्कोर ९९ रन हो । शतकको नजिक पुगेर चुकेका कुशलले प्रतियोगितामा दुई अर्धशतक पारी खेलेका छन् ।

यस्तै, काठमाण्डु गोर्खाजमा आबद्ध राशिद खानले सात खेलमा १८६ रन बनाएका छन् । उनको औसत ३७ दशमलव २० र स्ट्राइक रेट १४१ दशमलव ९८ रहेको छ । राशिदले यस संस्करणको एनपिएलमा दुई अर्धशतक पारी खेलेका छन् ।

यस्तै, चितवन राइनोजमा आबद्ध इङ्ल्याण्डका रवि बोपाराले पाँच खेलमा १८४ रन जोडेका छन् । कूल ४६ को औसतमा ब्याटिङ गरेका उनले एक अर्धशतकीय पारी खेलेका छन् । रविको उच्च स्कोर ५५ रन रहेको छ ।

शतकको प्रतीक्षामा नेपाली ब्याटर

लिग चरणको ब्याटिङ तथ्याङ्कमा विदेशी र नेपाली खेलाडीबीचको अन्तर शतकको मामिलामा पनि देखिएको छ । सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका युवराज सामराले शतक प्रहार गर्दा नेपाली ब्याटर भने उक्त उपलब्धिबाट टाढा छन् ।

लोकेश बम ८७ रन र कुशल भुर्तेल ९९ रनसम्म पुगेर पनि शतक बनाउन असफल भएका छन् । व्यक्तिगत रूपमा राम्रो सुरुआत भए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्नुपर्ने चुनौती नेपाली ब्याटरका अगाडि देखिएको छ ।

  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • खेलकुद र खेलाडीको वृत्तिविकासमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट

    खेलकुद र खेलाडीको वृत्तिविकासमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदको भलिबल छनोटमा बागलुङ र पर्वत च्याम्पियन

  • Post Thumbnail

    एनपिएल: जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

  • नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

    नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खेलकुद र खेलाडीको वृत्तिविकासमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट

    खेलकुद र खेलाडीको वृत्तिविकासमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट

    Post Thumbnail

    एनपिएलः बलिङमा नेपाली खेलाडीको दबदबा, ब्याटिङमा विदेशी अगाडि

    Post Thumbnail

    दुई कैदीबन्दी पक्राउ

    Post Thumbnail

    ‘संस्कृति राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज हो’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution