
काठमाडौँ, ३० कात्तिकः केन्द्रीय कारागार सुन्धारा काठमाडौँबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरू २०८२ भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए ।
फरार कैदीबन्दीको खोजतलास गर्ने क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनःकेन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता थापाले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |