Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएल: जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (१४ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ३० कातिक: स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

सुदूरपश्चिमले उहाँलाई एनपिएलको प्लेअफ खेलका लागि आज टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो । ओपनिङ ब्याटर मन्सेले स्कटल्याण्डको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी-२० अन्तरराष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान बनाएका छन् । उनी आक्रामक ब्याटिङका लागि परिचित मानिन्छन् ।

सन् २०१९ मा नेदरल्याण्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाएका उनको टी-२० अन्तरराष्ट्रिय ‘करिअर’को विशेष प्रदर्शन हो । त्यस्तै, सन् २०२५ मा सोही टोलीविरुद्ध १९१ रन बनाउँदै मन्सेले एकदिवसीय क्रिकेटमा एसोसिएट राष्ट्रका ब्याटरको सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका थिए ।

मन्सेले स्कटल्याण्डका लागि ७९ एकदिवसीय र ८८ टी-२० अन्तरराष्ट्रिय खेल खेलका छन् । एकदिवसीयमा उहाँको नाममा तीन शतक र १९ अर्धशतकसहित दुई हजार ७७७ रन छ । टी-२० अन्तरराष्ट्रियमा तीन शतक र १४ अर्धशतक प्रहार गरेका उनले दुई हजार ५९८ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मन्सेको आगमनले टोलीको ब्याटिङ पक्ष थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् । अन्तरराष्ट्रिय क्रिकेट र विभिन्न फ्रेन्चाइज लिगको अनुभवका साथै एनपीएलमा समेत खेलिसकेको अनुभवले टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ ।

टोलीमा आबद्ध भएपछि मन्सेले पुन: नेपालमा खेल्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । गत संस्करणमा नेपालको क्रिकेट वातावरण र समर्थकबाट राम्रो अनुभव बटुलेको उल्लेख गर्दै उनले सुदूरपश्चिमबाट उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको बताएका हुन् ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

    नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

  • Post Thumbnail

    एनपिएलको लिग चरण सकियो

  • Post Thumbnail

    यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

  • महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

    महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

    Post Thumbnail

    एनपिएल: जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

    Post Thumbnail

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution