Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

तीन दिने विश्वकल्याण महारुद्राभिषेक आजदेखि सुरु

‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्नुहुने वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा तीन दिने महायज्ञ सुरु भएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (१ दिन अघि)
तीन दिने विश्वकल्याण महारुद्राभिषेक आजदेखि सुरु

काठमाडौँ, २९ कात्तिक: ‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्नुहुने वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा तीन दिने महायज्ञ सुरु भएको छ ।

आजदेखि मङ्सिर १ गतेसम्म दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वतीग्रामा महायज्ञ सञ्चालन हुने नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले राससलाई जानकारी दिनुभयो ।

विसं २०३१ कात्तिक ८ गतेदेखि २३ गतेसम्म नेपालमा आएर महर्षि महेश योगीले वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भनी उद्घोष गर्नुभएको थियो । त्यसबेला उहाँलाई नेपाल आमन्त्रण र स्वागत गर्नेमा योगी नरहरिनाथ, नाट्यसम्राट बालकृष्ण सम, संस्कृतिविद् एवं साहित्यकार पूर्णप्रसाद ब्राह्मणलगायतका व्यक्तित्व हुनुहुन्थ्यो ।

गत भदौमा रसुवाको भोटेकोशी र असोजमा गोरखाको बूढीगण्डकीको प्राकृतिक विपद्बाट जीवन गुमाउनेको आध्यात्मिक उद्धार अर्थात् मोक्षत्व प्राप्तिको कामनासहित पनि विश्वकल्याण महारुद्राभिषेक यज्ञ सुरु गरिएको हो । विपद्बाट जीवन गुमाएकाको मोक्षत्व प्राप्तिका लागि त्रिदिवसीय यज्ञ आयोजना गरिएको फाउन्डेसनले जनाएको छ । महायज्ञका क्रममा महालक्ष्मी विशेष साधना कार्यक्रम पनि राखिएको पनि अध्यक्ष बास्कोटाले बताउनुभयो ।

महायज्ञका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका प्राडा माधवप्रसाद पाण्डेयले सनातन धर्मावलम्बीले दैनिक रूपमा वेदले बताए अनुसार गर्नुपर्ने नित्य कर्मका विषयमा प्रवचन गर्नुभएको थियो । शास्त्रीय वचन अनुसार नित्य कर्म र सन्ध्योपासना कर्म नगर्नेले गरेको कुनै पनि कर्म सफल नहुनेमा उहाँले आम मानिसको ध्यानाकर्षण गराउनुभएको थियो ।

महर्षि महाअभियानले वैदिक पुन:उत्थान निम्ति विश्वव्यापी महाअभियान चलाउँदै आएको छ । महर्षि-संस्थाले हरेक वर्ष कम्तीमा महारुद्र महायज्ञ गरिरहने सङ्कल्प लिएको अध्यक्ष बास्कोटाले जानकारी दिनुभयो । यसअघि २०८१ सालमा महर्षि आगमनको स्वर्ण महोत्सवको अवसर पारेर भृकुटीमण्डपमा अतिरुद्र महायज्ञ र २०८२ मा दक्षिणकाली नगरपालिका-१ स्थित ब्रह्मानन्द सरस्वतीग्राममा महारुद्र यज्ञ गरिएको थियो ।

यज्ञमा जोसुकै नेपाली स्वयंकर्ता हुन तथा आ-आफ्नै हातमा जौ, तिल र कुश राखेर आ-आफ्ना अभिष्टसिद्धिका लागि सङ्कल्प गर्न सकिने व्यवस्था मिलाइएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले हाल देशभरका ९० गुरुकुलमा विश्व शान्ति एवं मानव कल्याणको सङ्कल्पले दैनिक रुद्राभिषेक यज्ञ पनि गराइरहेको छ ।

  • काठमाडौँ
  • गोरखा
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    ‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

  • Post Thumbnail

    मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

  • Post Thumbnail

    कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

  • नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

    नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution