Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सर्लाही

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताउनुभएको छ । आज पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुग्नुभएका उहाँले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने जानकारी दिनुभयो ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (२६ मिनेट अघि)
Post Thumbnail

सर्लाही, ३० कात्तिक: सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताउनुभएको छ । आज पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुग्नुभएका उहाँले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने जानकारी दिनुभयो ।

“तीनै तहका सरकारसँग आवश्यक सहकार्य र समन्वय गरेर कानुनले गरेको व्यवस्थापछि पनि थप के हुन्छ, छलफलबाट निर्णय लिनेछौँ । उचित राहतको कानुनी व्यवस्था छैन भने पनि अन्य निकायबाट मिलाउन पहल गर्नेछौँ”, सभामुख अर्यालले भन्नुभयो ।

पीडित परिवारका बालबालिकाको उच्च शिक्षासम्मको पठनपाठनको जिम्मा र लालनपालनको व्यवस्थामा सरकारले स्पष्ट पहल गर्ने सभामुख अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शोकसन्तप्त परिवार र आफन्तप्रति समवेदनासमेत प्रकट गर्दै यस विषम घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित यस्ता दुर्घटना नियन्त्रणका लागि सरकारको तर्फबाट ठोस् कदम चाल्ने बताउनुभयो ।

बिहीबार छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको रिर्जभ विद्युतीय गाडी भिमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा दुर्घटना भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको गाडीमा सवारमध्ये यस गाउँका १३ जनाको मृत्यु भएको थियो ।

घाइते भएका छमध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन् । बाँकीको उपचार भइरहेको छ । भेटमा सभामुख अर्यालसँग पीडित परिवारले घटनाको विवरणसहित उचित राहतको पहल गरिदिन आग्रह गर्नुभएको थियो । अभिभावक गुमाएका बालबालिका र घरको एकमात्र सहारा गुमाएका आश्रित परिवार घटनापछि बिचल्लीमा परेका उहाँहरूको गुनासो थियो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण यादवले मृतकको दाहसंस्कार खर्च स्वरुप पालिकाले जनही रु ५० हजारका दरले सहयोग प्रदान गरेको बताउनुभयो ।

सभामुख अर्यालसँगै सर्लाही क्षेत्र नम्बर-१ की सांसद नीतिमा कार्की, २ का सांसद रविन महतो, ३ नम्बर क्षेत्रका सांसद नरेन्द्र साह कलवार, सांसद रहवर अन्सारी, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलगायत पीडित परिवार भेट्न सुन्दरपुर गाउँ पुग्नुभएको थियो ।

  • काठमाडौँ
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

    नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

  • परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

  • मुस्ताङको ठिनी खोला पुल उद्घाटन

    मुस्ताङको ठिनी खोला पुल उद्घाटन

  • Post Thumbnail

    राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पासो थापेर वन्यजन्तुको चोरीसिकार

    Post Thumbnail

    कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

    Post Thumbnail

    भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ: मख्यमन्त्री मगर

    Post Thumbnail

    विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution