Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
त्रिशूली

असिनासहितको वर्षाले नुवाकोटमा धानबालीमा सामान्य क्षति

अकस्मात् परेको असिनासहितको वर्षाले नुवाकोटमा किसानले लगाएको धानबालीमा सामान्य क्षति पुर् याएको छ । बुधबार अपराह्न भएको वर्षा र असिनाका कारण काटेर खेतमै राखिएको धान तथा काट्न बाँकी रहेको धानबाली प्रभावित भएको हो ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

त्रिशूली (नुवाकोट), २६ कात्तिकः अकस्मात् परेको असिनासहितको वर्षाले नुवाकोटमा किसानले लगाएको धानबालीमा सामान्य क्षति पुर्‍याएको छ । बुधबार अपराह्न भएको वर्षा र असिनाका कारण काटेर खेतमै राखिएको धान तथा काट्न बाँकी रहेको धानबाली प्रभावित भएको हो ।

वर्षा र असिनाबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम आगामी सोमबारदेखि सुरु गरिने जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । कार्यालय प्रमुख श्रीकृष्ण अधिकारीका अनुसार प्रारम्भिक जानकारीमा किसानले भित्र्याउन बाँकी राखेको धानबालीमा असर पुगेको पाइएको छ । जिल्लाका सबै स्थानीय तहका कृषि शाखासँग समन्वय गरी विवरण सङ्कलन गरेपछि मात्रै क्षतिको वास्तविक अवस्था यकिन हुने उहाँले बताउनुभयो ।

कार्यालयका अनुसार यस वर्ष नुवाकोटमा करिब १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये करिब ८० प्रतिशत धान किसानले भित्र्याइसकेका छन् । बाँकी धान भित्र्याउने तयारी भइरहेका बेला परेको असिना र वर्षाले केही क्षति पुर्‍याएको हो ।

दसैँ र त्यसलगत्तै परेको वर्षाका कारण पाकेको धान समयमै भित्र्याउन नसक्दा अहिले काटेर खेतमा राखिएको धान भिजेको बेलकोटगढी नगरपालिका–८ का किसान विष्णुप्रसाद पुडासैनीले बताउनुभयो । उहाँका अनुसार वर्षा र असिनाले धान भिजाए पनि क्षतिको प्रभाव मध्यम रहेकाले ठूलो नोक्सानी हुनबाट जोगिएको छ ।

पछिल्ला दुई वर्ष धान भित्र्याउने समयमा भएको बेमौसमी वर्षाका कारण नुवाकोटका किसानले उत्पादनको आधाभन्दा बढी हिस्सा गुमाउनुपरेको थियो । यस वर्ष भने अधिकांश किसानले धान भित्र्याइसकेकाले क्षति तुलनात्मक रूपमा कम हुने प्रारम्भिक अनुमान गरिएको छ । खेतमा काटेर राखिएको धानको परिमाण पनि कम रहेकाले ठूलो नोक्सानी हुनबाट जोगिएको किसानको भनाइ छ ।

यसैबीच, वर्षामा भिजेको धानलाई राम्ररी सुकाएर मात्र भित्र्याउन कृषि प्राविधिकले किसानलाई सुझाव दिएका छन् । बाली विकास अधिकृत अस्मिता बजगाईले पानीले भिजेको धानलाई तत्काल बिटा लगाएर भित्र्याउन हतार नगर्न आग्रह गर्नुभयो । मौसमको अवस्था हेरी घाम लागेपछि राम्ररी सुकाएर मात्र भित्र्याउँदा धान सुरक्षित राख्न सकिने उहाँले बताउनुभयो ।

चिसो र ओसिलो अवस्थामा धान भण्डारण गर्दा कुहिने, ढुसी लाग्ने र गुणस्तर ह्रास हुने जोखिम भएकाले भिजेको धानलाई बिस्कुन बनाएर राम्ररी सुकाउनुपर्ने उहाँको सुझाव छ ।

असिनासहितको वर्षाले धानबालीका अतिरिक्त व्यावसायिक रूपमा लगाइएका काउली, बन्दा, गोलभेँडा तथा अन्य तरकारीबालीमा पनि सामान्य असर परेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्थानीय तहका कृषि शाखामार्फत क्षतिको विवरण सङ्कलन गरेपछि कृषि उपजमा भएको क्षतिको यकिन तथ्याङ्क सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

  • त्रिशूली
  • नुवाकोट
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    औद्योगिक क्षेत्रमा जलवायु कार्य विस्तार गर्न नीतिगत र वित्तीय सहयोग आवश्यक

  • Post Thumbnail

    विपन्न परिवारलाई कपडा तथा खाद्यान्न वितरण

  • Post Thumbnail

    वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

  • Post Thumbnail

    युरोपको रोजगारी मोह त्यागेर मखनाखेतीमा रमाउँदै कृष्ण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

    सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

    टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

    टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

    Post Thumbnail

    औद्योगिक क्षेत्रमा जलवायु कार्य विस्तार गर्न नीतिगत र वित्तीय सहयोग आवश्यक

    झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

    झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution