
घोराही (दाङ), २७ कात्तिकः दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ ।
सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टिमबाट प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएका विशेष टोलीले बाँधको ३० फिट पानी मुनि माटोमा गाडिएको अवस्थामा आज शव फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्किले जानकारी दिनुभयो ।
छ जना साथीसँग नुहाउन गएका चौधरी बाँधमा डुबेको खबर पाउनासाथ खोजी कार्यका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |