
वीरगन्ज (पर्सा), २६ कात्तिकः पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
गएराति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी आगजनी गरेको प्रहरीले जनाएको छ ।
आज बिहान कार्यालयमा कार्यरत कर्मचारीले मुख्य गेट खोलेर भित्र प्रवेश गर्दा आगजनी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आगजनीबाट महत्त्वपूर्ण कागजपत्र, शाखामा रहेका कुर्सी, टेबललगायत फर्निचर, एसी र कम्प्युटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |