
भद्रपुर (झापा), २३ कात्तिकः झापाको भद्रपुर नगरपालिका–६ कन्हाचोकमा १०औँ श्री सार्वजनिक काली पूजाका अवसरमा प्रकृति संरक्षणको सन्देशसहित आकर्षक पूजा पण्डाल निर्माण गरिएको छ ।
बङ्गाली समुदायका युवाले स्थापना गरेको क्लब बाङ्ग्ला भद्रपुरले आयोजना गर्दै आएको पूजामा यस वर्ष ‘प्रकृति संरक्षणमा जिम्मेवार बनौँ, मानव भविष्य सुरक्षित बनाऔँ’ भत्रे सन्देशलाई मुख्य विषयवस्तु बनाइएको छ ।
प्राकृतिक वातावरणको झल्को दिने गरी वनजङ्गलको स्वरूपमा तयार पारिएको पण्डालमा बाँसका आकृति, माटाका घैँटा, खुत्रुके तथा विभित्र चराचुरुङ्गीका प्रतिमा राखिएका छन् । थर्मकलबाट बनाइएका चराचुरुङ्गीका आकृतिले पण्डाललाई थप आकर्षक बनाएका छन् ।
जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद् र जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले पण्डालमा विभित्र जानकारीमूलक प्लेकार्डसमेत राखिएका छन् । ती प्लेकार्डमार्फत जलवायु परिवर्तनका असर र त्यसबाट जोगिने उपायबारे सन्देश दिन खोजिएको क्लबका अध्यक्ष निर्मल घोषले बताउनुभयो ।
“काली पूजालाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी सामाजिक चेतना र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने माध्यम बनाउन खोजेका छौँ,” उहाँले भत्रुभयो, “प्रकृतिको संरक्षण गर्न सके मात्रै भविष्यमा आइपर्न सक्ने विपद् र जोखिम न्यूनीकरणमा सहयोग पुग्छ भत्रे सन्देश पण्डालमार्फत दिन खोजिएको हो ।”
क्लबले विगतका वर्षमा पनि फरकफरक विषयवस्तुमा आधारित पण्डाल निर्माण गर्दै आएको छ । अघिल्लो वर्ष नेपाली राष्ट्रिय क्रिकेट खेलाडीका आकृति समावेश गरिएको पण्डालले चर्चा पाएको थियो भने त्यसअघि केदारनाथ मन्दिरको स्वरूपमा पण्डाल निर्माण गरिएको थियो ।
पूजाका अवसरमा कात्तिक २७ गते स्थानीय तथा भारतीय कलाकारको सहभागितामा सांगीतिक कार्यक्रम आयोजना गरिने क्लबका उपाध्यक्ष विजय साहले जानकारी दिनुभयो ।
पण्डाल निर्माण, विद्युत् तथा बत्तीको सजावट र सांस्कृतिक कार्यक्रमलगायत व्यवस्थापकीय कार्यमा करिब रु आठ लाख ५० हजार खर्च हुने अनुमान गरिएको क्लबका सदस्य सञ्जय आइचले बताउनुभयो ।
क्लबले विगत १० वर्षदेखि निरन्तर आयोजना गर्दै आएको यस पूजाले भद्रपुरको धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सक्रिय बनाउनुका साथै विभित्र समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धिमा योगदान पुर्याउँदै आएको क्लबका सदस्य अरुप घोषले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |