
ख्वप (भक्तपुर), २३ कात्तिकः नेपाल संवत् ११४७ को पहिलो दिन आज सोमबार भक्तपुरलगायत देशका विभित्र स्थानमा नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाएका छन् ।
नेवार समुदायले प्रत्येक वर्ष तिहारअन्तर्गत गोवद्र्धन पूजाका दिन म्हः पूजा गर्ने परम्परा छ । नेपाल भाषामा ‘म्हः’ को अर्थ शरीर भएकाले यस दिन शरीरलाई ईश्वरको बासस्थान मानेर पूजा गर्ने गरिन्छ । म्हः पूजालाई आत्मपूजाका रूपमा समेत लिने गरिएको छ ।
भक्तपुरका रामकृष्ण प्रजापतिका अनुसार म्हः पूजा नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा हो । यसले मानिसलाई आफ्नो शरीरको महत्त्व बुझ्न र आत्मसम्मान गर्न प्रेरित गर्छ ।
त्यस्तै, लक्ष्मी कर्माचार्यले म्हः पूजा परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मनाउने पर्व भएकाले यसले पारिवारिक एकता, सद्भाव र आत्मीयता बढाउने बताउनुभयो ।
म्हः पूजाका अवसरमा घरको आँगन वा बुइँगलमा रातो माटोले लिपपोत गरी चामलको पिठोबाट मण्डल बनाइन्छ । नेवारी भाषामा मण्डललाई ‘मरङ्ग’ भनिन्छ । मण्डललाई अबिर, सुन्तला रङ, फूल, लाभा र फलफूलले सजाइन्छ ।
घरकी ज्येष्ठ महिलाले परिवारका सदस्यलाई उमेरक्रमअनुसार लहरै राखेर पूजा गर्ने परम्परा छ । पूजामा बत्ती, अक्षता, ओखर, फूल, फलफूल र मुटुमारीलगायत सामग्री प्रयोग गरिन्छ । घरबाहिर पालामा दीप बालेर पूजा सुरु गरिन्छ ।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार म्हः पूजा नेवार समुदायको मौलिक तथा अनुपम सांस्कृतिक पर्व हो । मानव शरीरमा ईश्वरको बास हुन्छ भत्रे विश्वासका आधारमा शरीरको पूजा गर्ने परम्परा सुरु भएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार नेवारी भाषामा प्रचलित ‘थःत थःम्ह म्हमसिया अति दुःख सिल रे’ भत्रे गीतले आफूलाई चित्र नसक्दा दुःख पाइने भाव व्यक्त गर्छ । म्हः पूजाले मानिसलाई आफ्नो अस्तित्व र शरीरको महत्त्व बुझ्न सन्देश दिने उहाँको भनाइ छ ।
म्हः पूजा तान्त्रिक विधिअनुसार शरीरको पूजा गर्ने परम्परा भएको श्रेष्ठ बताउनुहुन्छ । यस दिन पूजा गरे वर्षभरि शरीरमा चोटपटक नलाग्ने, बिरामी नहुने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
पूजा सम्पत्र भएपछि परिवारका सदस्यलाई अण्डा, माछा वा मासु र रक्सी सगुनका रूपमा दिने चलन छ । यस दिन मानिसको मात्र नभई घरमा प्रयोग हुने कुचो, सिलौटो, माना, पाथीलगायत सजीव तथा निर्जीव वस्तुको समेत पूजा गर्ने परम्परा छ ।
म्हः पूजाका दिन बालिएको दीप तीनै लोकसम्म पुग्ने धार्मिक विश्वासका कारण घरलाई दीपावली गरी झिलिमिली बनाउने चलन छ । दैवी प्रकोपबाट बच्न शरीरको पूजा गर्ने परम्परा सुरु भएको भत्रे किंवदन्ती पनि म्हः पूजासँग जोडिएको छ । धार्मिक आस्था, सांस्कृतिक पहिचान र पारिवारिक एकतासँग जोडिएको यो पर्व नेवार समुदायले पुस्तौँदेखि मनाउँदै आएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |