Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

तिहार नजिकिँदै गर्दा दाजुभाइ र दिदीबहिनीको सम्झना

बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार नजिकिँदै गर्दा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहनुभएकी उहाँले यस अवधिमा दाजुभाइलाई भाइटीका लगाउन पाउनुभएको छैन ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

लमजुङ, २३ कात्तिक : बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार नजिकिँदै गर्दा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहनुभएकी उहाँले यस अवधिमा दाजुभाइलाई भाइटीका लगाउन पाउनुभएको छैन ।

“यस वर्ष घर फर्किएर टीका लगाउने इच्छा भए पनि पूरा हुन सकेन । धेरै वर्ष भयो दाजुभाइलाई भाइटीका लगाउन नपाएको”, उहाँले भन्नुभयो । यो वर्ष त पक्कै घर फर्किएर टीका लगाउन पाउँछु भन्ने लागेको थियो तर यसपटक पनि सम्भव भएन ।

तिहार नेपाली समाजमा उज्यालो, उमङ्ग र आत्मीयताको पर्व हो । यस पर्वको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र अटुट सम्बन्धको प्रतीक मानिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुख, समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका र मखमली माला लगाइदिने परम्परा छ ।

तर रोजगारी र पारिवारिक जिम्मेवारीका कारण परदेशिएका धेरै नेपालीका लागि भाइटीका प्रत्यक्ष भेटघाटभन्दा सम्झना र शुभकामना आदानप्रदानमै सीमित हुन थालेको छ । “चाडपर्व आउँदा घरपरिवार र दाजुभाइको धेरै सम्झना आउँछ । प्रत्यक्ष भेटेर टीका लगाउन नपाए पनि टाढैबाट सम्झना गर्दै शुभकामना र आशीर्वाद पठाएकी छु”, उहाँले भन्नुभयो ।

दोर्दी गाउँपालिकाका अमृत घिमिरेको अनुभव पनि उस्तै छ । उहाँ तीन वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा हुनुहुन्छ । यस अवधिमा बहिनीसँग भाइटीका लगाउन नपाएको पनि धेरै वर्ष भइसकेको छ । “तीन वर्षदेखि बहिनीसँग टीका लगाउन पाएको छैन । अरूले भाइटीका लगाएको देख्दा आफ्नो निधार खाली हुँदा निकै नरमाइलो लाग्छ”, उहाँले भन्नुभयो ।

घरमा परिवारका सदस्यले भाइटीका लगाएको दृश्य मोबाइलमार्फत हेर्ने र कुराकानी गरेर चित्त बुझाउने गरेको उहाँ बताउनुहुन्छ । यस वर्षसमेत प्रत्यक्ष सहभागी हुन नपाउने भएपछि भिडियो कलमार्फत परिवारसँग जोडिएर पर्वको खुसी साट्ने उहाँको सोच छ ।

आठ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएका बेँसीसहरका पूर्ण श्रेष्ठले पनि यस अवधिमा दिदीको हातबाट भाइटीका लगाउन पाउनुभएको छैन । रोजगारी गर्दै परिवारको भविष्य निर्माण गर्ने उद्देश्यले अमेरिका पुग्नुभएका उहाँ विभिन्न कारणले नेपाल फर्कन नपाउँदा हरेक वर्ष तिहारमा दिदी र घरपरिवारको सम्झनाले सताउने गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “तिहार आउँदा आफ्नी दिदीको धेरै सम्झना आउँछ । वर्षौँदेखि उहाँको हातबाट टीका लगाउन पाएको छैन । आफ्नो संस्कार र संस्कृति सम्झिँदा घरपरिवारसँगै बसेर तिहार मनाएका पुराना दिनहरू आँखा अगाडि आउँछन् ।”

मजस्तै धेरै दाजुभाइ तथा दिदीबहिनी रोजगारीका कारण परिवारबाट टाढा रहनुपरेको छ”, उहाँले भन्नुभयो । नेपालमै रहेका बेँसीसहरका धनलाल श्रेष्ठको भाइटीका पनि तीन वर्षदेखि अधुरो छ । रोजगारीका सिलसिलामा विदेशिएकी बहिनी दुई वर्षपछि फर्किने आश्वासन दिएर गए पनि तीन वर्ष बितिसक्दा घर फर्कन सकेकी छैनन् ।

आफ्नै बहिनीको हातबाट मात्र टीका लगाउँदै आउनुभएका उहाँले अरू कसैको हातबाट टीका लगाउन मन नगरेपछि तीन वर्षदेखि भाइटीकामा निधार खाली राख्दै आउनुभएको छ । “दुई वर्षपछि आउँछु भनेर विदेशिएकी बहिनी तीन वर्ष बितिसक्दा पनि फर्किएकी छैनन् ।”

म सधैँ आफ्नै बहिनीको हातबाट टीका लगाउँदै आएको मान्छे हुँ । उहाँबाहेक अरूको हातबाट टीका लगाउन मन लागेन । त्यसैले अहिलेसम्म लगाएको छैन ।

यस वर्ष पनि निधार खाली नै रहने भयो । बहिनी फर्किएपछि अर्को वर्ष उहाँकै हातबाट टीका लगाउने प्रतीक्षामा छु”, उहाँले भन्नुभयो । यस्तै अनुभवले वैदेशिक रोजगारी र बसाइँसराइले नेपाली परिवारको चाडपर्व मनाउने शैलीमा ल्याएको परिवर्तन झल्किन्छ ।

एकातिर परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर विदेशिएका दाजुभाइ तथा दिदीबहिनी छन् भने अर्कातिर घरमा बसेर उनीहरूको प्रतीक्षामा रहेका आफन्त छन् । कतिपयले नजिकका आफन्तको अभावमा धर्म दाजुभाइ वा धर्म दिदीबहिनीसँग सम्बन्ध गाँसेर भाइटीकाको परम्परालाई निरन्तरता दिइरहेका छन् ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुख, समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, मखमली माला, ओखर, विमिरो र तेलको घेरालगायतका विधि पूरा गर्ने परम्परा छ । प्रविधिको विकाससँगै टाढा रहेका आफन्तले भिडियो कलमार्फत कुराकानी र शुभकामना आदानप्रदान गर्ने गरेका छन् ।

तर दिदीबहिनीको हातबाट निधारमा टीका लगाउने र परिवारसँगै बसेर पर्व मनाउने प्रत्यक्ष अनुभूतिको स्थान प्रविधिले लिनसकेको छैन । रोजगारी र पारिवारिक जिम्मेवारीले भौगोलिक रूपमा टाढा बनाए पनि दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मियता कमजोर भएको छैन ।

कसैका लागि यस वर्षको भाइटीका भिडियो कलमा सीमित हुनेछ भने कसैको निधार आफ्नै दिदीबहिनीको प्रतीक्षामा खाली रहनेछ । टाढा रहे पनि एकअर्काप्रतिको माया, शुभकामना र आशीर्वादले उनीहरूको सम्बन्धलाई जीवन्त राखिरहेको छ ।

  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना

  • सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या

    सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या

  • Post Thumbnail

    आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा

  • पुर्ख्यौली  सीपबाट आय आर्जन गर्दै

    पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चरीचरनका लागि नवलपुरका मौरी पश्चिम नेपालतर्फ

    गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना

    गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना

    स्याफ्रुबेँसीमा आवतजावत सहज

    स्याफ्रुबेँसीमा आवतजावत सहज

    Post Thumbnail

    जिप दुर्घटनामा दुई जनाको मृत्य, १३ घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution