Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
डडेल्धुरा

सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या

सिँचाइ सुविधाको अभाव र प्रतिकूल मौसमका कारण डडेल्धुरामा हिउँदे खेती विस्तार हुन सकेको छैन । बर्खायाममा खेतीपाती गर्ने किसानले हिउँद लागेसँगै अधिकांश जमिन बाँझै छाड्ने गरेका छन् ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (५१ मिनेट अघि)
सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या

डडेल्धुरा, २३ कात्तिक: सिँचाइ सुविधाको अभाव र प्रतिकूल मौसमका कारण डडेल्धुरामा हिउँदे खेती विस्तार हुन सकेको छैन । बर्खायाममा खेतीपाती गर्ने किसानले हिउँद लागेसँगै अधिकांश जमिन बाँझै छाड्ने गरेका छन् । पर्याप्त पानी नहुनु, चिसो मौसम र शीतका कारण बालीमा क्षति पुग्ने जोखिमले किसान हिउँदे खेतीप्रति आकर्षित हुन नसकेका हुन् ।

कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा १९ हजार २६८ हेक्टर खेतीयोग्य जमिन रहेकामा १० हजार १९२ हेक्टरमा मात्रै खेती भइरहेको छ । त्यस्तै, खेती भइरहेको क्षेत्रफलमध्ये छ हजार ८९९ हेक्टरमा सिँचाइ सुविधा पुगेको छैन भने तीन हजार २९३ हेक्टरमा मात्रै सुविधा उपलब्ध रहेको केन्द्रका सूचना अधिकारी रामसिंह बोहराले जानकारी दिनुभयो । खेती भइरहेको जमिनको करिब ६८ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा नहुँदा हिउँदे बाली लगाउन समस्या भइरहेको उहाँको भनाइ छ ।

आलिताल गाउँपालिकाका किसान जोगराज भट्ट बर्खायाममा विभिन्न बाली तथा तरकारी खेती गर्ने गरे पनि हिउँदमा भने खेतबारी बाँझै राख्न बाध्य हुनुहुन्छ । सिँचाइको व्यवस्था नहुँदा चिसोका कारण लगाएको बाली पनि नष्ट हुने जोखिम रहेकाले हिउँदमा खेती नगर्ने उहाँले बताउनुभयो ।

“हिउँदमा सागसब्जी राम्रोसँग सप्रिँदैनन् । शीतले बोटबिरुवा मर्ने समस्या हुन्छ । सिँचाइको सुविधा पनि छैन । लगाएको बालीबाट उत्पादन हुने सुनिश्चितता नहुँदा जमिन बाँझै छाड्ने गरेको छु”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लाका पहाडी क्षेत्रमा हिउँदे खेती गर्ने चलन कम छ । पर्याप्त सिँचाइ नहुनाका साथै चिसो मौसममा बालीको संरक्षण गर्न कठिन हुने भएकाले किसानले हिउँदे खेतीलाई प्राथमिकता दिन नसकेका उहाँले बताउनुभयो ।

हिउँदमा बाँझो रहने जमिनको छुट्टै यकिन तथ्याङ्क नभए पनि जिल्लाका अधिकांश क्षेत्रमा खेतीयोग्य जमिन पूर्ण रूपमा उपयोग हुन नसकेका प्रमुख पनेरुको भनाइ छ । उहाँका अनुसार हिउँदे खेती विस्तार गर्न सिँचाइ सुविधा बढाउनाका साथै स्थानीय हावापानी र भूगोल सुहाउँदो बाली छनोट गर्न आवश्यक छ । शीत तथा विभिन्न रोगबाट बाली जोगाउने प्रविधिको प्रयोग गर्न सके किसानलाई हिउँदे खेतीतर्फ आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

खेतीयोग्य जमिनको ठूलो हिस्सा प्रयोगविहीन रहँदा कृषि उत्पादन र किसानको आम्दानी बढाउने सम्भावना उपयोग हुन सकेको छैन । सिँचाइ आयोजना विस्तार, बर्सातको पानी सङ्कलन तथा संरक्षण र मौसम अनुकूल बाली खेतीलाई प्राथमिकता दिन सके हिउँदमा बाँझो रहने जमिनलाई उत्पादनसँग जोड्न सकिने किसान बताउँछन् ।

  • डडेल्धुरा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा

  • पुर्ख्यौली  सीपबाट आय आर्जन गर्दै

    पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

  • घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

    घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

  • गण्डीगाड पुल निर्माण अधुरै

    गण्डीगाड पुल निर्माण अधुरै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कोप–३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम

    Post Thumbnail

    चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना

    Post Thumbnail

    दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

    सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या

    सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution