Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (५३ मिनेट अघि)
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी, २२ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो ।

मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दसँैपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका जानकारी दिनुभयो । “गत असोजको मनसुनजन्य विपद्बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउनका लागि युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोजेका छन्”, उहाँले भन्नुभयो, “पदमार्गका रेष्टुरेन्ट र क्याम्प भरिभराउ छन् ।”

समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा अवस्थित आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । बेनी, भुरुङ-तातोपानी र नारच्याङका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किनुभएकी म्याग्दी बहुमुखी क्याप्पसका प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमा गर्न सकिने अन्नपूर्ण आधार शिविरको यात्रा छोटो, साहासिक र रमणीय भएको प्रतिक्रिया दिनुभयो ।

पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधासहितका होटल सञ्चालनमा ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ ।

हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी, शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । सङ्घीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरुको मर्मतसम्भार गरिएको छ ।

आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुल्ला सङ्ग्रहालय स्थापना गरिएको छ । गत हप्ता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना भएको छ । पहिलो आरोही मौरिस हर्जोगका नामबाट पदमार्गको नामकरण गरिएको अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’अन्तर्गत नारच्याङको दोभान-छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारीसाधनमा पुगेर त्यहाँबाट करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ । पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविर क्षेत्रमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    काग तिहार: कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

  • Post Thumbnail

    ‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

  • राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

    राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

  • थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

    थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

    अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

    अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

    Post Thumbnail

    कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

    सैनिक कल्याणकारी कोषः ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

    सैनिक कल्याणकारी कोषः ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution