Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (४९ मिनेट अघि)
थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

दमौली (तनहुँ), १७ कात्तिकः तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ ।

धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन् । डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना तथा अन्य धार्मिक गतिविधि सञ्चालन भएका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार मङ्गलबार नौ हजार ५०० भक्तजनले मन्दिरमा दर्शन तथा पूजाआराधना गरेका छन् । सोमबार राति ४२१ भक्तजन जाग्राम बसेर बत्ती बालेका थिए । थापाका अनुसार मन्दिरमा तनहुँबाट ४४, लमजुङबाट ३२, गोरखाबाट १३ र काठमाडौँबाट दुई वटा फूलको डोली ल्याइएको थियो ।

प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । ती दिन मन्दिरमा डोली चढाउन विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । फूलको डोली चढाए मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको अध्यक्ष थापाले बताए ।

भक्तजनले फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीन पटक परिक्रमा गर्ने गर्छन् । त्यसपछि मन्दिर परिसरका देवलमा डोलीसँगै ल्याइएको तोरण तीन फन्को घुमाएर बाँध्ने र मन्दिरभित्र गई पूजाआराधना गर्ने परम्परा छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार पार्ने र मङ्गलबार मन्दिरमा चढाउने चलन छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाआराधना हुने गरेको छ । समुद्री सतहबाट एक हजार २०० मिटर उचाइमा रहेको मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार र लमजुङको राइनासकोटलगायत स्थान तथा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।

स्थानीयका अनुसार मन्दिरमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो । किंवदन्तीअनुसार त्यस वर्ष हावाहुरी चलेपछि भोटीनी आमाछोरी मन्दिर रहेको स्थानको एउटा रुखमुनि ओत लागेका थिए । उनीहरू त्यहीँबाट अन्तध्र्यान भएपछि उक्त स्थानमा पूजाआराधना सुरु गरिएको स्थानीयवासीको भनाइ छ ।

  • काठमाडौँ
  • गोरखा
  • तनहुँ
  • दमौली
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    तारागाउँ नेक्स्टको एम्पिथियटरमा फिल्म फेस्टिभल’ समापन

  • देवदहमा तीन महिने कथिन चीवर दान

    देवदहमा तीन महिने कथिन चीवर दान

  • टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

    टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

  • दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

    दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १७ गते मंगलबार

    २०८३ कात्तिक १७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

    Post Thumbnail

    मुख्यमन्त्री शाही र राजदूत बासबीच शिष्टाचार भेट

    थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

    थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

    Post Thumbnail

    एनपिएल : पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution