Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

काग तिहार: कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ कात्तिक: कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

यस अवसरमा कागेश्वरीमा गई पूजा आजा एवं दर्शन गरेमा कागबाट सहयोग प्राप्त हुने धार्मिक विश्वास छ । यहाँ प्रत्येक वर्षको कागे अष्टमी र काग तिहारका अवसरमा भक्तजनको घुइँचो हुने गर्छ । कागेश्वरी मन्दिरमा २२७ किलोको पित्तललगायत अष्ट धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।

यो नेपालकै ठूलो कागको मूर्ति हो । नेपालको ठूलो कागको मूर्तिमा पूजा गर्न भक्तजनको भीड लागेको हो । कागेश्वरी मन्दिर माथिको सहिद उद्यानमा एक हजार किलो अष्ट धातुबाट कागको मूर्ति बनाइएको छ । यो विश्वकै ठूला कागको मूर्ति भएको जनाइएको छ ।

काग तिहारका अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि काग तिहारका अवसरमा पूजा, आराधना गर्ने भक्तजनको लाम लागेको छ । यी मन्दिरका साथै आज घरघरमा पनि कागलाई मीठा मीठा खानेकुरा खान दिई सम्मान गरिन्छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    ‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

  • राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

    राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

  • थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

    थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

  • Post Thumbnail

    तारागाउँ नेक्स्टको एम्पिथियटरमा फिल्म फेस्टिभल’ समापन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

    पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

    Post Thumbnail

    युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था: मुख्यमन्त्री कार्की

    ढकमक्क फूलले ढाकेको धनकुटा बजार

    ढकमक्क फूलले ढाकेको धनकुटा बजार

    Post Thumbnail

    काग तिहार: कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution