Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनकुटा

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (१ घण्टा अघि)
ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धनकुटा, २१ कात्तिक: धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् ।

फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारोमा छन् । तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो । घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटीकाको मालासम्म फूलकै महत्व हुन्छ । यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूलखेती गर्दै आएका छन् ।

छथर जोरपाटी गाउँपालिका-६ मजुवाका किसान खगेन्द्र पौडेलका लागि यतिबेला खेतबारी नै व्यस्तताको केन्द्र बनेको छ । उहाँले श्री पौडेल कृषि फार्ममा करिब १० रोपनी जमिनमा लगाउनुभएको सयपत्री फूल अहिले बिक्रीका लागि तयार भई बजार पठाउने काम भइरहेको छ । तीन महिनाअघि रोपेका बिरुवा अहिले फूलले भरिएका छन् । फूल टिप्ने र ग्राहकको मागअनुसार बजार पठाउने कामले यतिबेला उहाँलाई भ्याइनभ्याइ छ ।

स्थानीय बजारबाट धनकुटा, धरान, विराटनगर, बुटबलदेखि काठमाडौँसम्म उहाँले फूल पठाइरहनुभएको छ । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्‍याउन कठिन भइरहेको पौडेलले बताउनुभयो । यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने उहाँको लक्ष्य छ । अहिले फूल प्रतिकिलो रु ३०० देखि ४०० सम्ममा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

पौडेलले कतिपय ठाउँमा किलोग्राम र कतिपय ठाउँमा मुठाका आधारमा फूल बिक्री गर्दै आएको बताउनुभयो । “तिहारलाई लक्षित गरेर फूलखेती गर्दा बजारको माग राम्रो हुने भए पनि उत्पादनमा भने विभिन्न चुनौती छन् । तिहार आउन करिब १०० दिनअघि रोप्नुपर्ने फूलमा लेकाली क्षेत्रमा ढुसी लाग्ने र पातमा छिर्का बस्ने समस्या देखिने गरेको पौडेलको अनुभव छ । यस्ता समस्याका बाबजुत पनि बजारमा फूलको माग बढेकाले किसान उत्साहित छन्”, उहाँले भन्नुभयो ।

धनकुटा नगरपालिका-७ का प्रवीण पोख्रेल पनि फूलखेतीबाट राम्रो आम्दानी गर्ने आशामा हुनुहुन्छ । एक रोपनी जमिनमा लगाएको फूलखेतीबाट यस वर्ष करिब रु दुई लाख आम्दानी गर्ने उहाँको लक्ष्य छ । विगतका वर्षमा भारतीय फूल र कृत्रिम मालाका कारण नेपाली किसानले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको पोख्रेलको भनाइ छ ।

स्वदेशी किसानको उत्पादनले उचित बजार पाउन सरकारले भारतीय फूल र कृत्रिम फूलको अनियन्त्रित आयात तथा प्रयोगलाई नियन्त्रण गर्नुपर्ने उहाँको माग छ । पोख्रेलले गत भारतीय फूल नआउँदा किसानले उत्पादन गरेको फूल सहज रूपमा बिक्री भएको बताउँदै यो वर्ष पनि सोहीअनुसार काम भए सहज हुने धारणा राख्नुभयो । उहाँले बिचौलियाहरू फूल किन्ने गरी आए पनि सिधै उपभोक्तालाई बिक्री गर्ने तयारीमा रहेको बताउनुभयो ।

गाउँको बारीदेखि सहरको बजारसम्म धनकुटाको फूल

धनकुटामा उत्पादित फूल स्थानीय बजारमा मात्र सीमित छैन । छिमेकी जिल्लासँगै तराईका विभिन्न सहर हुँदै काठमाडौँ र बुटवलसम्म पुग्ने गरेको छ । यसले फूलखेतीलाई किसानको आयआर्जनको माध्यम बनाउँदै लगेको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा कम्तीमा ५१ रोपनी क्षेत्रफलमा फूलखेती भइरहेको छ । यस वर्ष करिब छ मेट्रिकटन फूल उत्पादन हुने अनुमान गरिएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका किसानले न्यूनतम रु ५० हजारदेखि रु ३५ लाखसम्मको फूल उत्पादन गरी बिक्री गर्दै आएका केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यले जानकारी दिनुभयो । फूल किसानलाई लक्षित छुट्टै कार्यक्रम नभए पनि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आइएको उहाँको भनाइ छ ।

फूलखेतीप्रति किसानको आकर्षण बढ्दै जानु यस क्षेत्रका लागि सकारात्मक पक्ष भएको प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार ज्ञान केन्द्रको तथ्याङ्कभन्दा पनि बढी मात्रामा धनकुटामा फूल उत्पादन हुने अनुमान छ ।

कृत्रिम मालाको मोहले स्वदेशी किसानलाई चुनौती

पछिल्लो समय धनकुटामा फूलखेती विस्तार हुँदै गए पनि नेपाली किसानले बजारमा विभिन्न चुनौती सामना गर्नुपरेको छ । विशेषगरी भारतीय फूलको आयात र बजारमा पाइने कृत्रिम मालाको प्रयोगले स्थानीय उत्पादनको बिक्रीमा असर पार्ने गरेको किसानको गुनासो छ ।

तिहारमा मात्र होइन, अन्य चाडपर्व, विवाह, पूजाआजा तथा मेला महोत्सवमा समेत कृत्रिम मालाको प्रयोग बढ्दै गएको छ । हेर्दा आकर्षक र लामो समय टिक्ने भएकाले कृत्रिम मालाप्रति उपभोक्ताको आकर्षण बढेको देखिन्छ । तर, यसको विकल्पका रूपमा स्थानीयस्तरमै उत्पादन भएका प्राकृतिक फूलको प्रयोग बढाउन सके किसानको आम्दानी बढ्नुका साथै स्थानीय उत्पादनले बजार पाउने किसान पौडेलले बताउनुभयो ।

प्राकृतिक फूलको प्रयोगले गाउँको कृषि उत्पादनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने सरोकार भएकाहरूको भनाइ छ । वातावरणीय दृष्टिले पनि कृत्रिम मालाको प्रयोग घटाउँदै प्राकृतिक फूललाई प्राथमिकता दिनु आवश्यक रहेको किसान पोख्रलले बताउनुभयो ।

  • काठमाडौँ
  • धनकुटा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सिकाइ र अभ्यासका लागि काठमाडौँ केन्द्रविन्दु हो: सांसद परियार

  • Post Thumbnail

    कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

  • Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

  • Post Thumbnail

    अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सिकाइ र अभ्यासका लागि काठमाडौँ केन्द्रविन्दु हो: सांसद परियार

    पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ: प्रदेश प्रमुख देवकोटा

    पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ: प्रदेश प्रमुख देवकोटा

    पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

    पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

    Post Thumbnail

    युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था: मुख्यमन्त्री कार्की

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution