Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सङ्खुवासभा

सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि

खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक जिल्लाको सेकाहा सामुदायिक क्लबले जितेको छ ।
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (५९ मिनेट अघि)
सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि

सङ्खुवासभा, २० कात्तिकः खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक जिल्लाको सेकाहा सामुदायिक क्लबले जितेको छ ।

महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै सेकाहाले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यू स्टारले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा सेकाहाका मिलन लिम्बुले पहिलो हाफको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै उनले टोलीको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको न्यू स्टारले खेलमा फर्कने प्रयास गरेको थियो । खेलको ६०औँ मिनेटमा सेकाहाका खेलाडीले पेनाल्टी क्षेत्रमा फल गरेपछि प्राप्त पेनाल्टीमा सन्दीप श्रेष्ठले गोल गर्दै अन्तर घटाएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सेकाहा २–१ ले विजयी भयो । खेलका क्रममा खेलाडीबीच मैदानमै हात हालाहाल भएपछि दुवै टोलीका खेलाडीले रातो कार्ड पाएका थिए । त्यसपछि तनावपूर्ण बनेको खेलमा सेकाहाले अग्रता जोगाउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगितामा सेकाहाका दोर्जे तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सेकाहाकै गोलरक्षक विपुल मगर उत्कृष्ट गोलरक्षक तथा न्यू स्टारका सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए ।

अरुण उपत्यका सामुदायिक विकास क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका आठ टोली सहभागी थिए ।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप, प्रदेशसभा सदस्य राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।

  • सङ्खुवासभा
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    ‘बेल्ट एण्ड रोड’ यु-१९ क्रिकेट: थाइल्याण्डविरुद्ध नेपालको जित

  • नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

  • Post Thumbnail

    नेपाल प्रिमियर लिगः सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको चुनौती

  • Post Thumbnail

    एसिया कप क्रिकेटः भारतलाई नेपालले दियो १२९ रनको चुनौती

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

    Post Thumbnail

    कोपवामा नवनिर्मित प्रहरी ब्यारेक भवन उद्घाटन

    Post Thumbnail

    मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

    सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि

    सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution