Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कपिलवस्तु

कोपवामा नवनिर्मित प्रहरी ब्यारेक भवन उद्घाटन

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय कोपवामा नवनिर्मित दुईकोठे पक्की ब्यारेक भवन उद्घाटन गरिएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

कपिलवस्तु, २० कात्तिकः कपिलवस्तुको बाणगङ्गा नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय कोपवामा नवनिर्मित दुईकोठे पक्की ब्यारेक भवन उद्घाटन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले आयोजित कार्यक्रममा रिबन काटेर भवन उद्घाटन गर्नाका साथै शिलालेख अनावरण गर्नुभयो ।

कार्यक्रममा प्रहरी उपरीक्षक भट्टले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन तथा प्रहरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसका लागि भौतिक पूर्वाधारसँगै समुदायको सहयोग र सहकार्य पनि आवश्यक रहेको उहाँको भनाइ थियो ।

भवन निर्माणमा सहयोग गर्ने बाणगङ्गा नगरपालिका, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि प्रहरी र नागरिकबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

बाणगङ्गा नगरपालिका–५ का वडाध्यक्ष दुनिकाप्रसाद भुसालले शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने प्रहरीलाई आवश्यक पूर्वाधार र सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताउनुभयो । स्थानीय समुदायको सहयोगमा निर्माण भएको भवनले प्रहरी कर्मचारीलाई कार्यसम्पादनमा सहजता पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, बाणगङ्गा नगरपालिका–६ का वडाध्यक्ष करुण टण्डनले प्रहरी र स्थानीय समुदायबीचको सहकार्यले समाजमा शान्ति र सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाका प्रतिनिधि, पूर्वप्रहरी कर्मचारी, समाजसेवी, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता थियो ।

  • कपिलवस्तु
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

  • Post Thumbnail

    प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो

  • Post Thumbnail

    तिहार बिदामा निगमको डिपो खुला रहने

  • Post Thumbnail

    गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काठमाडौँ २४ घण्टा खुलाउने तयारी

    Post Thumbnail

    विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु

    Post Thumbnail

    भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

    Post Thumbnail

    कोपवामा नवनिर्मित प्रहरी ब्यारेक भवन उद्घाटन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution