Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुरधाम

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका चार जना मन्त्रीले आज राजीनामा दिनुभएको छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

जनकपुरधाम, २० कात्तिक : मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका चार जना मन्त्रीले आज राजीनामा दिनुभएको छ ।

मधेस प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले सामूहिक राजीनामा दिनुभएको हो ।

चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ह्वाटसपमार्फत राजीनामा पत्र पठाउनुभएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेतासमेत रहनुभएका अर्थमन्त्री भट्टराईले बताउनुभयो ।

“मुख्यमन्त्रीज्यू काठमाडौँमा रहनुभएको छ, त्यहीँ भएर उहाँको ह्वाटसपमा राजीनामा पत्र पठाएका छौँ”, मन्त्री भट्टराईले भन्नुभयो, “आजैदेखि लागू हुनेगरी राजीनामा दिएका छौँ ।” राजनीतिक निकासका लागि आफूहरूले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाइसकेको उहाँले बताउनुभयो ।

यसअघि गत असोज ३० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मधेस प्रदेशमा नयाँ सरकार गठनको कसरतसमेत सुरु भइसकेको छ ।

  • काठमाडौँ
  • जनकपुरधाम
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    काठमाडौँ २४ घण्टा खुलाउने तयारी

  • Post Thumbnail

    प्रवासी नेपाली मञ्चको अन्तरराष्ट्रिय कमिटीको अध्यक्षमा थापा

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै

  • रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

    रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काठमाडौँ २४ घण्टा खुलाउने तयारी

    Post Thumbnail

    विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु

    Post Thumbnail

    भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

    Post Thumbnail

    कोपवामा नवनिर्मित प्रहरी ब्यारेक भवन उद्घाटन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution