
काठमाडौँ, २० कात्तिक: चीनमा जारी ‘बेल्ट एण्ड रोड’ यु-१९ महिला क्रिकेट सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा नेपालले आजको खेलमा थाइल्याण्डलाई ५२ रनले पराजित गरेको हो ।
यो खेलमा पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०० रन बनायो । नेपालका लागि कप्तान सोनि पाख्रिनले ३२, साना प्रवीणले २५ र अञ्जिला पाठकले १३ रन बनाइन् ।
१०१ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्ड १९ दशमलव दुई ओभरमा ४८ रनमै अलआउट भयो । उसका लागि कुनै पनि ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । नेपालका लागि बलिङतर्फ कप्तान सोनि पाख्रिनले तीन तथा अनु कडायत, मनिषाकुमारी उपाध्याय र रिया शर्माले समान दुई/दुई विकेट लिइन् ।
यस प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले आगामी वर्ष घरेलु मैदानमा हुने आइसिसी यु-१९ महिला विश्कपको तयारी स्वरूपमा चीनमा श्रृङ्खला खेलिरहेको हो । चीनमा श्रृङ्खला खेलेपछि नेपाली टोलीले भारतमा अभ्यास गर्ने तालिका छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |