Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बैतडी

बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी

बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाउनुभयो । उहाँलाई नागरिता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (२१ घण्टा अघि)
बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी

बैतडी, २० कात्तिकः बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाउनुभयो । उहाँलाई नागरिता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उहाँ सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपर्यो ।

बिहीबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले उहाँको घरपायक पर्ने ठाउँ (ढोल्यामोड)मा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएपछि उहाँको अनुहारमा खुसीको सीमा नै थिएन । “आफूलाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन । अरु कसैले बनाउनुपर्छ पनि भनेनन् । सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुपरेको थियो”, उहाँले भन्नुभयो, “अहिले बल्ल नागरिकता बनेको छ । अब त सामाजिक सुरक्षा भत्ता पाइने भयो ।”

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत जिल्ला प्रशाशन कार्यालयले अपाङ्गता भएका तथा अशक्त नागरिकलाई घरमै वा घरपायक पर्ने स्थानमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिरहेको छ ।

बिहीबार साउदसहित पाँच जना अपाङ्गता भएका र अशक्त नागरिकलाई उनीहरूको घरपायक पर्ने ठाउँमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । शारीरिक असक्तताका कारण नागरिकताबाट वञ्चित भएका नागरिकलाई घरपायक पर्ने स्थानमा सेवा दिने उद्देश्यले प्रशासनले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

सिगास गाउँपालिका–२ का ‘क’ वर्गको अपाङ्गताभएकी मनिषाकुमारी धामी (१६ वर्ष), सोही वडाका मुकुन्दसिंह धामी (१९ वर्ष) र ‘ख’ वर्गको अपाङ्गता भएका वसन्त नेपाली (१६ वर्ष)लाई वडा कार्यालयमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै सिगास गाउँपालिका–१ का ‘क’ वर्गका अपाङ्गताभएका रन्जित भुल (१६ वर्षीय) लाई घरपायक पर्ने स्थानमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

वडा कार्यालयमा छोरा (मुकुन्द)को नागरिकता बनेपछि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको सिगास गाउँपालिका–२ का स्थानीय अमरसिंह धामीले बताउनुभयो । “शारीरिक असक्त छोरा बोकेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुर्याउन सक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो, “वडा कार्यालयमै नागरिकता बनेपछि खुसी लागेको छ ।”

खर्च पनि बढी लाग्ने र कार्यालयसम्म पुगेर नागरिकता लिनसक्ने अवस्था नभएका अशक्त नागरिकले वडामै सेवा पाउँदा सहज भएको सिगास गाउँपालिका–२ का वडासचिव प्रताप बोहराले बताउनुभयो । शारीरिक असक्तताका कारण नागरिकताबाट वञ्चित व्यक्तिलाई वडा कार्यालयले प्रशासनलाई सिफारिस गरेको र प्रमुख जिल्ला अधिकारीसहितको टोली वडा कार्यालयमा पुगेर तीनै जनालाई नागरिकता प्रदान गरिएको बोहराले जानकारी दिनुभयो ।

एघार जनाले पाए नागरिकता

बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सञ्चालन भएको दुई महिनाको अवधिमा ११ जना अशक्त नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कार्यक्रमअन्तर्गत जिल्लाभरका नागरिकताबाट वञ्चित अशक्तको विवरण सङ्कलन गरिरहेको कार्यालयले जनाएको छ । “नागरिकताबाट वञ्चित त्यस्ता नागरिकलाई सकेसम्म उनीहरूकै घरमा अथवा वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो ।

  • बैतडी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

  • Post Thumbnail

    कोप-३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ: मन्त्री चौधरी

  • बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

    बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

  • कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

    कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

    Post Thumbnail

    कोप-३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ: मन्त्री चौधरी

    बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

    बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

    Post Thumbnail

    प्रदेश सरकारले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution