
काठमाडौँ, १४ कात्तिकः देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश र जनावरको आक्रमणलगायतका घटनाबाट तीन चौपायासमेत प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाबाट रु तीन लाख ७८ हजारबराबरको आर्थिक क्षति भएको छ । प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार इलाम, सोलुखुम्बु र अछाममा आगलागीका घटना भएका छन् । त्यस्तै ताप्लेजुङ, दाङ र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् ।
यसैगरी धनकुटामा बाढी तथा खोटाङ, काभ्रेपलाञ्चोक, ललितपुर, म्याग्दी, मुस्ताङ र सुर्खेतमा पहिरो गएको छ । खोटाङ र डोटीमा अविरल वर्षा तथा झापा र नवलपरासीपूर्वमा जनावरको आक्रमणका घटना भएका छन् ।
विपद्मा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी छ ।
प्राधिकरणले विपद्का समयमा अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |