Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

नेपाल थामी समाजले पहिलो पटक थामी भाषामा तयार गरेको राष्ट्रिय गीत सार्वजनिक गरेको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (५५ मिनेट अघि)
थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

काठमाडौँ, १४ कात्तिकः नेपाल थामी समाजले पहिलो पटक थामी भाषामा तयार गरेको राष्ट्रिय गीत सार्वजनिक गरेको छ ।

समाजको २७औँ वार्षिक साधारणसभाका अवसरमा आज बागमती प्रदेशसभा सदस्य ठूला थामी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी र नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृत सुनुवारलगायतले उक्त गीत सार्वजनिक गर्नुभएको हो ।

प्रदेशसभा सदस्य थामीले थामी भाषामा पहिलो पटक राष्ट्रिय गीत सार्वजनिक हुनु समुदायका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले गीतले थामी समुदायलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै समुदायको संस्कार, संस्कृति र उत्थानका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कालिञ्चोक गाउँपालिका अध्यक्ष शिवाकोटीले थामी समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा विकासमा गाउँपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घका उपाध्यक्ष सुनुवारले राष्ट्रिय गीतले थामी समुदायलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । समाजका अध्यक्ष रणबहादुर थामीले पहिलो पटक थामी भाषामा राष्ट्रिय गीत निर्माण हुनु खुसीको विषय भएको बताउनुभयो ।

गीतका रचनाकार रमेश थामी ‘छड्केसलाम’ हुनुहुन्छ । गीतमा शिखर थामी ‘विद्यालली’, शक्ति थामी, तीर्थराज थामी, मनु थामी, सविना थामी, रामकुमार थामी, कमला थामी, प्रमोद थामी र सुन्दर थामीले स्वर दिनुभएको छ भने सङ्गीत संयोजन खुशी थामीले गर्नुभएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    वर्षाले सात घर–गोठमा क्षति

  • वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

    वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

  • अर्को युद्धको कल्पना नगर्न अमेरिका र इजरायललाई इरानका सर्वोच्च नेताको चेतावनी

    अर्को युद्धको कल्पना नगर्न अमेरिका र इजरायललाई इरानका सर्वोच्च नेताको चेतावनी

  • एक–अर्काको भाषा र संस्कृतिको सम्मान गर्नुपर्छ : प्रदेश प्रमुख

    एक–अर्काको भाषा र संस्कृतिको सम्मान गर्नुपर्छ : प्रदेश प्रमुख

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

    Post Thumbnail

    लिम्बू पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमा जोड

    Post Thumbnail

    ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्कनुभयो

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution